default_image

3 years ago

December 4, 2022

बेकह्यामका कारण इङ्ल्यान्ड समर्थक अनिल

454 views

0 Bookmark

खेलकर्मीको नजरमा विश्वकप

प्रकाश तिमल्सिना, काठमाडौं

फुटबलमा समर्थक हुनका लागि मुख्यत दुईवटा कारण देखिन्छन् । एउटा मनपर्ने खेलाडीका कारण उनी आबद्ध टोलीलाई समर्थन गरिन्छ । अर्को टोली मन परेका कारण त्यसमा आबद्ध खेलाडी स्वतः मन पर्ने हुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानका अनिल गुरुङको हकमा भने खेलाडी मन परेका कारण उनी आबद्ध टोलीलाई समर्थन गर्न थालेका हुन् ।

अनिलले फुटबल बुझेदेखि मन पराएका खेलाडी हुन् डेविड बेकह्याम । उनी बेकह्यामलाई आइडल खेलाडी मान्छन् । बेकह्याम मन परेकै कारण उनी सुरुबाट इङ्ल्यान्डको समर्थक रहे । बेकह्यामले खेल जीवनबाट सन्यास लिएको पनि वर्षौं बितिसक्यो, तर अनिल अहिले पनि सोही टोलीको समर्थक छन् । बेकह्याम कुनै समय खेल्ने भएका कारण उनी क्लबमा म्यानचेस्टर युनाइटेडको फ्यान हुन् ।

इङ्ल्यान्ड सदाबहार बलियो टोली भएरपनि नतिजा निकाल्ने सवालमा भने चुकिरहेका छ । त्यसलाई अनिल दुर्भाग्य मान्छन् । ‘इङ्ल्यान्डको टोली कहिले कमजोर हुँदैन । विश्व कप होस् वा युरो कप होस् बलियो टोलीका रुपमा देखिन्छ, उनले भने,‘ तर दुर्भाग्य नतिजा दिन सकिरहेको छैन ।’

यसपटक समूह चरणमा इङ्ल्यान्डको प्रदर्शनबाट अनिल खुसी छन् । समूह चरणमा इरानलाई ६–२ ले हराएको इङ्ल्यान्ड दास्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । अन्तिम खेलमा वेल्सलाई ३–० ले हराउँदै समूह विजेता बनेको टोलीले नेपाली समय अनुसार आज राती १२:४५ बजे सुरु हुने प्रि क्वार्टरफाइन्लमा सेनेगलको सामना गर्दैछ ।

त्यसअघि अर्को अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्स र पोल्यान्डबीचको प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको विजेताले क्वार्टरफाइनलमा एक अर्काको सामना गर्नेछन् ।

‘इङ्ल्यान्डले जसरी खेलिरहेको छ यसपटक आशा गर्ने ठाँउ छ । समूह चरणको प्रदर्शनलाई निरन्तरता दिने हो अगाडि बढ्ने सम्भावना छ,’ अनिलले थपे,‘ प्लेइङ खेलाडी मात्र होइन बेन्च पनि त्यत्तिकै बलियो छ ।’

नकआउट चरणमा पुगेपछि अतिरिक्त समय वा पेनाल्टी सुट आउट सम्म पनि सोच्नु पर्ने भएकोले इङ्ल्यान्डमा त्यसका लागि पर्याप्त विकल्प रहेको अनिलको बुझाई छ । ‘९० मिनेटमात्र होइन त्यसपछिको बारेमा पनि योजना बनाएर अघि बढ्नुपर्ने हुन्छ’, अनिल भन्छन्,‘ यसपटक स्कोरिङमा पनि इङ्ल्यान्डसँग पावर छ । विकल्प छ । एक सय एक खेलाडी छन् ।’

बेकह्यामको कारण इङ्ल्यान्डका समर्थक रहेका अनिललाई अझै बढी नजिक बनाउने अर्को विषय भनेको त्यहाँ रहेको नेपाली व्रिटिश आर्मी पनि हो । ‘थुप्रै नेपालीहरु त्यहाँ व्रिटिश गोर्खामा आबद्ध हुनुन्छ । हाम्रा दाजुभाई त्यहाँ हुने भएकोले एकखालको निकटता महसुस हुने रहेछ’, उनले थपे,‘अर्को बेलायतमा नेपाललाई सम्मानका साथ हेरिन्छ । त्यसले पनि इङ्ल्यान्ड र त्यहाँको फुटबल टोलीसँग आफू निकट छु भन्ने ठान्दछु ।’

राष्ट्रिय टोलीबाट दशक लामो यात्रा तय गरेका अनिलले व्यवसायिक फुटबललाई अघि बढाउने क्रममा इङ्ल्यान्डको एमेच्योर क्लबमा पनि ट्रायल दिएका थिए । यद्दपी कागजी प्रक्रिया पूरा गर्न नसेका कारण उनले त्यहाँ खेल्ने सपना पूरा हुन सकेन । यद्दपी उनले भारतीय आइ लिग सिलोङ लाजोङबाट तीन वर्ष व्यवसायिक फुटबल खेलेका थिए । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी क्लबसँग लामो समय आबद्ध रहेका उनले पाँच वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

विश्वकपमा प्रि क्वाटरफाइनलमा खेल चलिरहँदा उनी नाम चलेकै टोलीहरु हावी हुने अनुमान गर्छन् । ‘समूह चरणमा कतिपय ठूला टोलीले हारिरहेका हुन्छन् । राम्ररी सेट नभएका हुनाले त्यसको फाइदा कमजोर मानिएका टोलीले उठाउँछन्, उनले भने,‘ तर अब नकआउट चरण त्यस्तो सम्भावना कम नै हुन्छ । बलियो भनेकै टोलीहरु अघि बढ्ने सम्भावना रहन्छ ।’

एसियाली टोली मध्ये जापानको प्रदर्शनबाट उनी निकै प्रभावित छन् । ‘५० वर्षपछि विश्वकप उपाधि जित्ने योजनाका साथ अघि बढेको जापानले अहिले बाटै बलियो दाबेदारी प्रस्तुत गरेको छ,’ उनी भन्छन्,‘ एसियाली भएको नाताले पनि जापानको प्रदर्शनबाट एकदमै उत्साहित र खुसी छु । त्यसले अन्य एसियाली टोलीलाई पनि राम्रो गर्न प्रेरित गर्छ । ’

अर्कोतर्फ पोर्चुगल टोली पनि उनलाई यसपटक राम्रो लागेको छ । ‘पोर्चुगल र स्पेनमध्ये एउटा टोली निकै अगाडि जान सक्छन् भन्ने लागेको छ,’ उनले भने । प्रिक्वार्टरफाइनलमा स्पेनले मोरोक्को र पोर्चुलले स्विट्जरल्यान्डको सामना गर्नेछ । आ आफ्नो खेल जितेमा पोर्चुगल र स्पेनको क्वार्टरफाइनलमा भेट हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.