default_image

3 years ago

December 5, 2022

दक्षिण कोरियासँग सचेत ब्राजिल

252 views

0 Bookmark

एजेन्सी – चोटसँग जुधिरहेको पाँचपल्टको च्याम्पियन ब्राजिल अनि उत्कृष्ट लयमा रहेको एसियाली राष्ट्र दक्षिण कोरियाले आज क्वाटरफाइनल प्रवेशका लागि प्रतिपर्धा गर्दैछ ।

यो खेल कंक्रिटले निर्मित रंगशाला ९७४ मा हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै चाेट बाेकेका स्टार फरवार्ड नेयमार टोलीमा फर्किदा टाेलीकाे मनाेवल बढेकाे छ ।

छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई चोट महँगो पर्न सक्नेछ । फरवार्ड गाब्रियल जेसस र एलेक्स टेलासले विश्वकप गुमाउने भएका छन् ।

टोलीसँग विश्वस्तरमा एलिसन बेकर, थियागो सिल्भा, मार्किन्हस, डानिलो, एलेक्स सान्ड्रो, एडर मिलिसाओ, क्यासमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमारेस, एभर्टन रिबिएरो, रिचार्लीसन, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा, रोड्रिगो, पेड्रो र ग्याब्रिएल मार्टिनेली छन् । यस्तै ड्यानी आल्भेस र ब्रेमर पनि छन् । यि खेलाडी जुनसुकै बेला पनि नतिजा परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् ।

यता, समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ ले स्तब्ध पारेको दक्षिण कोरिया ब्राजिललाई पनि त्यस्तै नतिजामा पराजित गरेर अगाडि बढ्न चहान्छ । समूह चरणको अन्तिमा खेलमा अन्तिम समयको गोलले दक्षिण कोरियाले पोर्चुगललाई मात्रै स्तब्ध पारेन ।

अर्काे खेलमा जित निकालिरहेको उरुग्वेको यात्रा पनि समूह चरणमै रोकिदियो । त्यो अन्तिम गोल नभएको भए अर्काे खेलमा घानालाई हराएको उरुग्वेले अहिले ब्राजिलसँग खेलिरहेको हुन्थ्यो । पोर्चुगललाई जितेपछि अर्काे खेल नसकिदा सम्म दक्षिण कोरियाले खुशियाली मनाउन पाएको थिएन ।

किनभने उरुग्वेले अर्काे एक गोल थपेको भए कोरिया बाहिरिने थियो । त्यो माहोल हेन लायक देखिन्थ्यो । अन्तिम ह्वीसिलसँगै कोरियोको खुशीयाली हेर्न लायक थियो । अवस्था फेरेको दक्षिण कोरिया आँफुले पाएको अवसरलाई प्रमाणित गर्न चहान्छ । त्यही टोलीसँग ब्राजिल सचेत भएर खेल्नेछ ।

गोलरक्षक किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल, जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, सन ह्युङ मिन, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङ छन् ।

यि दुई टोली हालसम्म सातपटक भिडेका छन् । ६ खेल ब्राजिलले जित्दा १ खेल कोरियाले जितेको छ । ति सबै मैत्रीपूर्ण नै हो । दक्षिण कोरियाले १९९९ मा १–० को जित निकालेको थियो । पछिल्लोपटक २ जुत २०२२ मा ब्राजिलले ५–१ को फराकिलो जित निकालेको थियो । त्यसबेला दुई गोल गरेका नेयमार र एक गोल गरेका जेसस हुनेछैनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.