3 years ago
December 6, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ मा स्पेनविरुद्ध खेल्नुअघि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले स्पेनिस फुटबलबारे आफूलाई जानकारी भएको बताएका छन् ।

प्रशिक्षक वालिदले स्पेनविरुद्ध खेल फाइनलसरह हुने बताए । ‘स्पेन विश्वकपको उपाधि दावेदार हो । स्पेनलाई घर पठाउन सक्यौं भने प्रतियोगिताको सबैभन्दा ठूलो नतिजा हुनेछ । यसले हाम्रो देशको फुटबलमा पनि निकै फरक पर्नेछ । हाम्रो लागि यो फाइनल अघिको चौथो फाइनलसरह हुनेछ,’ उनले भने ।
मोरक्को र स्पेनबीच खासै धेरै दुरी छैन । त्यसैले दुई देशबीच धेरै कुरा मेल खान्छ । सामाजिक रुपमा मात्र होइन यसले फुटबलमा पनि असर गरेको वालिद मान्छन् । ‘हामी स्पेनको फुटबल बुझ्छौं । हाम्रा धेरै खेलाडी स्पेनिस लिगमा खेलिरहेका छन् । हामीले स्पेन फुटबल नजिकबाट बुझेका छौं । तर यसो भन्दैमा खेल सहज भन्ने हुँदैन । स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेमात्र हामी नतिजा निकाल्न सक्नेछौं ,’ उनले थपे ।

स्पेन तुलनात्मक रुपमा बढी अनुभवी भएपनि अर्को स्तरमा जान यस्तो खेल जित्नुपर्ने उनले बताए । ‘हामी ३६ वर्षपछि यो ठाउँमा आइपुगेका छौं । स्पेनका लागि यो नियमित प्रक्रिया हो । हाम्रो तुलानमा स्पेनमा धेरै अनुभव पनि छ । तर हामी अर्को स्तरमा जान चाहन्छौं भने यस्ता खेल जित्नुपर्ने हुन्छ,’ उनले थपे ।
स्पेनका प्रशिक्षक भन्छन् : ‘हरेक खेलाडीलाई हजार पेनाल्टी हान्ने होमवर्क दिएको थिएँ’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]