3 years ago
December 6, 2022
खेलकुर्मीको नजरमा विश्वकप
प्रकाश तिमल्सिना, काठमाडौं
विश्व फुटबलका चर्चित खेलाडी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको समर्थक विश्वभर छन् । रोनाल्डोसँग बढी तुलाना अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको गरिन्छ । समाजिक सञ्चालमा हेर्ने हो भने रोनाल्डो र मेस्सीका समर्थकबीच घोचपेच पनि चलिरहेको हुन्छ । उनीहरुले गर्ने प्रदर्शनका आधारमा समर्थकहरुले आलोचना र प्रशंसा पनि गरिरहेका हुन्छन् ।

मेस्सीका कारण अर्जेन्टिना र रोनाल्डोका कारण पोर्चुगललाई मन पराउनेको संख्यामा पनि उत्तिकै छ । महिला राष्ट्रिय टोलीकी मिडफिल्डर सरु लिम्बु त्यसमा पर्छिन् । रोनाल्डोकै कारण उनी पोर्चगलको समर्थक हुन् । ‘रोनाल्डोको मेहनत र उनको फुटबल यात्राबाट प्रभावित छु,’ सरु भन्छिन्,‘ रोनाल्डोकै समर्थक भएर पोर्चुगललाई समर्थन गरेको हो ।’
उमेर र फर्ममा हुँदा जस्तो प्रदर्शन रोनाल्डोको अहिले नभएको सुरुले पनि महसुस गरेकी छन् । तर, रोनाल्डो मैदानमा हुँदा सम्म टोलीको जितका लागि आशा गर्न सकिने उनी मान्छिन् । भन्छन्,‘ उनले खेल्दा टोलीमा त्यसको प्रभाव रहन्छ । पहिलाकै जस्तो प्रदर्शन गर्न सकेका छैनन् । सायद उमेरको कारण पनि होला । तर, मैदानमा उनी हुँदा सम्भवत अन्य खेलाडीको मनोबल उच्च हुन्छ । समूह चरणको अन्तिम खेलमा उनी निस्केपछि गोल खायो र कोरियासँग हार्यो । उनी भएको भए हार्दैन थियो कि भन्ने पनि लाग्छ ।’

खेलाडीको प्रदर्शनमा उतारचढाव स्वभाविक हो । सधै एकनासको प्रदर्शन नहुन सक्छ । तर पनि समर्थकले उसले राम्रो खेल्दा वा कुनै दिन खराब खेल्दा पनि समर्थन गर्न भने नछाड्ने सरु बताउँछिन् । ‘एक दिनको खेललाई मात्र हेरेर समर्थक बनिदैन नि । मैले जब देखि फुटबलमा खेलाडी चिन्न थाले त्यति बेला देखि नै रोनाल्डोको खेल पछ्याउन थालेको हु । उनी हुँदा सम्म खेलमा गोलको आशा भइराख्छ । उनको सेलिब्रेसन पनि अरुको भन्दा भिन्न छ । जसको सधै चर्चा हुने गर्छ ।’
रोनाल्डोको सम्भवत अन्तिम विश्व कप भएका कारण पनि पोर्चुगल च्याम्पियन बनेको हेर्ने धेरैको जस्तै सरुको पनि चाहना छ । त्यसका लागि टोली सक्षम रहेको मान्छिन् । ‘खेल हो हार जित हुन्छ नै । समर्थकको नाताले आशावादी छु पोर्चुगल च्याम्पियन बन्छ भन्नेमा,’ उनले थपिन्,‘ रोनाल्डो व्यवसायिक खेल जीवनमा थुप्रै सफलता हासिल गरेका छन् । युरोपिन च्याम्पियन पनि बनिसकेका छन् । अब विश्व च्याम्पियन बन्न सकेको खण्डमा फुटबलमा उनको बेग्लै इतिहास बन्ने छ । उनी त्यसको हकदार छन्’ ।’

पोर्चुगलले विश्व कपको प्रिक्वार्टरफाइनलमा नेपाली समय अनुसार आज राती १२ः४५ बजे स्विट्जरल्यान्डको सामना गर्दै छ । त्यसअघि अर्को अन्तिम १६ को खेलमा स्पेन र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई खेलको विजेताले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा पोर्चुगल जित्ने र रोनाल्डोको प्रदर्शन उच्च रहनेमा सुरु आशावादी छन् । ‘कोरियासँग बाहेकको खेलमा पोर्चुगलको प्रदर्शन उत्कृष्ट लाग्यो । अन्तिम खेलमा केहि महत्वपूर्ण खेलाडीलाई आराम दिएकाले पनि सायद सोचे जस्तो हुन सकेन,’ सरुले भनिन्,‘ आज उनीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नेछन् ।’
सरु ६ वर्षयता एपिएफ र राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुन् । उनले राष्ट्रिय टोलीबाट २ गोल गरेकी छन् ।रोनाल्डोको कारण पोर्चुगलको समर्थक रहेपनि सुरु टोलीका रुपमा उनलाई मन पर्ने टोली ब्राजिल हो । ‘पोर्चुगलपछि मैले समर्थक गर्ने ब्राजिललाई हो । ब्राजिल सन्तुलित टोली छ । एउटा खेलाडीमा मात्र निर्भर छैन, आशावादी हुँदै उनले भनिन्,‘यदि पोर्चुगलले जित्न सकेन भने ब्राजिललले जितोस् । ब्राजिल बलियो दाबेदारका रुपमा देखिएको छ ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]