3 years ago
December 6, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगलले अन्तिम १६ को खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ ।

खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले पछिल्लो खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो । प्रशिक्षक सान्तोसले खेलको अघिल्लो दिन पनि रोनाल्डो सुरुवाती रोजाइमा खेल्ने वा नखेल्ने पक्का बताउन मानेका थिएनन् ।
रोनाल्डोको अनुपस्थितिमा गोन्कालो रामोसले पहिलो रोजाइमा अवसर पाएका छन् । त्यस्तै जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेस आक्रमणमा छन् । ओटाभियो, बर्नार्डो सिल्भा र विलियम कार्भाल्हो मिडफिल्डमा खेलिरहेका छन् । टोलीको कप्तानी डिफेन्डर पेपेले गर्दा उनलाई राफाएल गुरेरो, रुबेन डियास र डिओगो डालोटले साथ दिएका छन् । गोलरक्षकमा डिओगो कोस्टा छन् ।
यता स्वीस टोलीका लागि भने गोलरक्षक यान सोमर टोलीमा फर्केका छन् । समूह चरणको अन्तिम खेलमा उनी उपस्थित थिएनन् । डिफेन्समा म्यानुएल अकन्जी, फाबियन सेर, रिकार्डो रोड्रीग्वेज र फर्नान्डेस छन् । मिडफिल्डमा ग्रानिट झाका र रिमो फ्रुएलर छन् । आक्रमणमा ब्रिल एम्बोलोलाई भार्गास, मोहमाथ सोउ र जेर्डान शाकिरीले साथ दिनेछन् ।

यो पनि पढ्नुहोस : कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]