default_image

3 years ago

December 8, 2022

फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

284 views

0 Bookmark

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ ।

अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले ९ खेलाडीलाई दुई गोलले पछि पारेका छन् । त्यसमध्ये दुई खेलाडी यस विश्वकपबाट बाहिरिसकेका छन् ।

यस दौडबाट इक्वेडरका कप्तान एनर भ्यालेन्सिया र स्पेनका अल्भारो मोराटा बाहिरिसकेका छन् । भ्यालेन्सियाले सुरुवाती दुई खेलमा तीन गोल गरेका थिए । तर, उनको टोली इक्वेडरले समूह चरण पार गर्न सकेन ।

हालसम्म ९ खेलाडीले ३ गाेल गरेका छन् । १७ खेलाडीले २ गाेल गरेका छन् । ८० खेलाडीले १ गाेल गरेका छन् । २ आत्मघाती गाेल भएकाे छ ।

विश्वकपमा बढी गोल गर्ने खेलाडीलाई यो गोल्डेन बुट प्रदान गरिन्छ । सर्वाधिक गाेलकर्ताकाे गाेल बराबर भएमा त्यसमा असिस्टलाई गणना गर्ने गरिन्छ । त्यसमा पनि बराबरी भएको अवस्थामा कम समय खेल्नेलाई यो अवार्ड प्रदान गरिने प्रावधान छ । कतार विश्वकपको गोल्डेन बुटको दौडमा को अघि छन् त हेरौं ।

केलियन एमबाप्पे (फ्रान्स)
२३ वर्षीय केलियन एमबाप्पे यस विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । फ्रान्सले नकआउट चरणसम्म ९ गोल गर्दा उनी ७ गोलमा प्रत्यक्ष रुपमा संलग्न छ । उनले ५ गोल २ असिस्ट दिएका छन् । दोस्रो पटक विश्वकप खेलिरहेका उनी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने सम्भावना पनि छ ।

त्यसका लागि उनले अब ८ गोल गर्नुपर्नेहुन्छ । दुई विश्वकपमा ९ गोल गरिसकेका उनले थप गोल गर्न सक्ने क्षमता राख्दछन् । फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ । फाइनलमा पुगेको अवस्थामा उनले आफ्नो गोलसङ्ख्या बढाएर सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न चहान्छन् । तर एमबाप्पेले आँफु गोल्डेन बुट भन्दा पनि विश्वकप जित्न आएको बताएका छन् ।

गोन्कालो रामोस (पोर्चुगल)
गोन्कालो रामोस पोर्चुगिज युवा प्रतिभा हुन् । स्वीट्जरल्यान्डविरुद्धको प्रि–क्वाटरफाइनलमा टोलीका भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको स्थान लिएका २१ वर्षीय उनले आँफुलाई प्रमाणित गर्दै ह्याट्रिक प्रहार गरे । कतार विश्वकपमा ह्याट्रिक गर्ने उनी एक्लो र पहिलो खेलाडी हुन् । सुरुवाती दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले स्वीट्जरल्यान्डविरुद्ध ह्याट्रिकसँगै एक असिस्ट पनि दिएर गोल्डेन बुटको दावेदारको रुपमा उभिएको छ ।

लियोनेल मेस्सी (अर्जेन्टिना)
कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाको महत्वपूर्ण खेलाडी हुन् । उनकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले क्वाटरफाइनसम्मको यात्रा थय गरेको छ । उनी यस विश्वकपमा ४ खेलबाट ३ गोल र १ असिस्ट दिएर सर्वाधिक गोलकर्ताको सुचीमा संयुक्त रुपमा दोस्रो स्थानमा रहँदा गोल्डेन बुटको दावेदारको रुपमा रहेको छ ।

३५ वर्षीय मेस्सीले साउदी अरेबियासँग २–१ ले पराजित भएको खेलमा १ गोल गरेका थिए । मेक्सिकोविरुद्ध उनले एक गोल र असिस्ट प्रदान गरे । पोल्यान्डविरुद्ध गोल गर्न नसकेका उनले अष्ट्रेलियाविरुद्ध एम गोल गरे । पाँच विश्वकप खेलेका उनले विश्वकपमा आफ्नो गोलसंख्या ९ पु¥याएको छ ।

मार्कस रासफर्ड (इंग्ल्यान्ड)
म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल खेल्ने २५ वर्षीय मार्कस रासफर्डले यस विश्वकपमा विरलै मौका पाएका छन् । तर, उनी पाएको मौकामा आँफुलाई प्रमाणित गरिदिन्छन् । इरानमाथि ६–२ को जित निकालेको खेलमा उनले एक गोल गरे । अमेरिकाविरुद्ध गोलविहीन बनेका उनले वेल्ससँग दुई गोल गरे । उनले सेनेगलसँग भने गोल गर्न सकेनन् ।

बुकायो साका (इंग्ल्यान्ड)
२१ वर्षीय मिडफिल्डर तथा विंगर बुकायो साका इंग्ल्यान्डको महत्वपूर्ण खेलाडी हुन् । उनले यस विश्वकपमा ३ खेल खेल्दा ३ गोल गरेका छन् । इरानविरुद्धको पहिलो खेलमा उनले दुई गोल गरेका थिए । अमेरिकाविरुद्ध गोलविहीन बनेको उनले वेल्ससँग खेल्ने मौका पाएनन् । प्रि–क्वाटरफाइनलमा इंग्ल्यान्डले ३–० को जित निकाल्दा उनले एक गोल आफ्नो नाममा लेखाए । उनले यस विश्वकपमा असिस्ट भने दिन सकेको छैन ।

ओलिभर जिरुड (फ्रान्स)
भेट्रान फरवार्ड ओलिभर जिरुड फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् । उनले यसै विश्वकपमा ३ गोल गर्दै लेजेन्ड थिएरी हेनरीको ५१ गोलको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाए । अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा दुई गोल गरेका ३६ वर्षीय जिरुडले त्यसपछि डेनमार्क र ट्युनिसियाविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । प्रि–क्वाटरफाइनलमा पोल्यान्डमाथि ३–१ को जित निकालेको खेलमा एक गोल गर्दै उनले यस विश्वकपमा आफ्नो गोलसंख्या ३ पु¥याएका छन् ।

रिचार्लीसन (ब्राजिल)
रिचार्लीसन ब्राजिली फुटबलकै सान हो । यस विश्वकपमा ३ गोल गर्दै उनी गोल्डेन बुटको दौडमा उभिएको छ । पहिलो खेलमै सर्वियाविरुद्ध २–० को जित निकालेको खेलमा उनले दुवै गोल गरे । त्यसपछि उनले स्वीट्जरल्यान्ड र क्यामरुनविरुद्ध गोल गर्न सकेनन् । अन्तिम १६ मा दक्षिण कोरियामाथि ४–१ को जित निकालेको खेलमा २५ वर्षीय रिचार्लीसनले एक गोल गर्दै आफ्नो गोलसंख्या ३ पु¥याएका छन् ।

कोडी गाक्पो (नेदरल्यान्ड)
फरवार्ड कोडी गाक्पो यस विश्वकपमा निकै उच्च लयमा रहेका छन् । उनले महत्वपूर्ण समयमा गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलसम्म पु¥याएका छन् । २३ वर्षीय गाक्पोले समूह चरणको तीनै खेलमा समान एक गोल गर्दा नकआउटमा भने गोल गर्न सकेनन् ।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.