default_image

3 years ago

December 9, 2022

ब्राजिल र क्रोएसियाको खेल अतिरिक्त समयमा लम्बियो

259 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल र क्रोएसियाबीच जारी पहिलो क्वाटरफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेलमा ३० मिनेट थप हुने भएको हो ।

क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लगातार बचाउ गर्दै ब्राजिललाई अग्रता लिन दिएनन् । उनले ब्राजिलको ८ आक्रमणलाई विफल पारेका थिए । विशेषगरी चलायमान देखिएका नेयमारविरुद्ध क्रोएसियाली गोलरक्षक निकै चनाखो देखिएका छन् ।

पहिलो हाफको तुलनामा ब्राजिलले दोस्रो हाफमा आक्रमणमा थप अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । ब्राजिलले आक्रमणमा फितलो प्रदर्शन गरेका रिचार्लीसन, भिनिसियस जुनिअर र रिचार्लीसन तीनै जनालाई परिवर्तन गरिसकेको छ ।

क्रोएसियाले पनि आक्रमणमा दुई खेलाडी परिवर्तन गरेको छ । मारियो पासालीच र आन्द्रे क्रामारीचको स्थानमा ब्रुनो पेक्टोभिच र निकोला भ्लासिच मैदानमा छन् । क्रोएसियाले आक्रमणमा आधा दर्जन अवसर सिर्जना गरेपनि गोलरक्षक एलिसनलाई समस्या दिन सकेका छैनन् ।

आज हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्नेछन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.