3 years ago
December 13, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका प्रशिक्षक र समर्थकले बंगलादेशबाट आफ्नो टोलीले पाएको समर्थनको खुलेर प्रशंसा गरेका छन् । तर बंगलादेशका क्रिकेट खेलाडीले भने मंगलबार राती हुने क्रोएसियाविरुद्धको सेमिफाइनल खेल हेर्न नपाउने भएका छन् ।

बंगलादेश र भारतबीच बुधबार सुरु हुन लागेको टेस्ट सिरिजका कारण प्रशिक्षक रसेल डोमिंगोले आफ्ना खेलाडीलाई विश्वकप नहेर्न भनेका छन् । अर्जेन्टिना र क्रोएसियाबीच हुने सेमिफाइनल खेल बंगलादेशको स्थानीय समयअनुसार मध्यरात १ बजे सुरु हुनेछ । अतिरिक्त समय र पेनाल्टीसम्म पुगे खेल विहान ४ बजेसम्म चल्नेछ । यसकारण प्रशिक्षक डोमिंगोले आफ्ना खेलाडीलाई खेल नहेर्न बताएका हुन् ।
‘खेलाडीले सुत्नुपर्छ । यो सामान्य कुरा हो । विहान ३-४ बजेसम्म उठेर खेल हेर्ने अनि ९:३० बजे टेस्ट खेल्ने भन्ने कुरै हुँदैन । यो मुर्खता हुनेछ । यदि खेलाडी उठेर हेरे भने म निराश हुनेछु’, दक्षिण अफ्रिकी प्रशिक्षकले भने ।
यसअघि भारत र बंगलादेशबीच भएको तेस्रो एकदिवसीय खेलअघि पनि ब्राजिल र अर्जेन्टिनाको खेल थियो । उक्त खेल हेर्न क्रिकेटरहरु रातभर जाग्राम बसेपछि खेलमा असर परेको थियो । उक्त खेल बंगलादेश २ सय २७ रनले हार्न पुगेको थियो । डोमिंगोले त्यसै कारण पनि खेलाडीलाई आजको खेल नहेर्न भनेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]