default_image

3 years ago

December 14, 2022

भाइबरको फुटबल उत्सवका विजेताले अनिलसँग फुटसल खेल्ने

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भाइबरले संचालन गरिरहेको फुटबल उत्सव क्विजको विजेताले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङसँग फुटसल खेल्ने अवसर पाउने भएका छन् ।

मोबाइल एप्लिकेसन भाइबरले कतारमा जारी विश्व कपलाई लक्षित गर्दै फुटबल उत्सव क्याम्पेनिङ सञ्चालन गरिरहेको छ । भाइबरले फुटबल उत्सवमा जोडिएर विश्व कप फुटबलका खेल तालिका, नतिजा, अन्य सुचना तथा फिफाको समाचारहरु प्राप्त गर्न सकिने जनाएको छ ।

यसक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भाइबरसँग सहकार्य गरेका थिए । किरणले भाइबरको फुटबल उत्सवमा फुटबलका विषयमा चर्चा गर्न लाइभमा आउने तालिकामा केहि फेरबदल भएको छ । यसअघि डिसेम्बर १४ र डिसेम्बर १७ मा भनिएपनि अब बिहिबार दिउँसो २ देखि ३ बजेसम्म लाइभमा आउने भाइबरले जनाएको छ ।

किरणसँग छलफलका दौरान हुने क्विजबाट भाग्यशाली विजेताले विश्वकपको केहि दिन पछि धन्यन्तरी फुटसलमा पूर्वकप्तान अनिलसँग फुटबल खेल्ने भाइबरले जनाएको छ ।

‘हामी फुटबलको विषयमा चर्चा गर्न लाइभमा आउने छौं’, किरणले भने,‘ म सबैलाई त्यसमा जोडिन र फुटबलका बारेमा हुने छलफलमा सहभागी हुन आग्रह गर्दछु ।’

भाइबरको छलफल र क्विजमा सहभगितासँगै अन्य जानकारीका लागि यहाँ थिच्नुहोस्

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.