3 years ago
December 15, 2022
एजेन्सी – फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको थियाे । फाइनल पुस ३ गते राति ८ः४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ । त्यो भन्दा एक दिन अघि तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले राति ८ः४५ बजे खलिफा रंगशालामा खेल्नेछ ।
विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको छ ।
सन् १९३० मा भएको विश्वकपको समूह चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । त्यसपछि १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमै २–१ को जित निकालेको थियो । चार वर्षअघिको विश्वकपमा फ्रान्सले प्रि–क्वाटरफाइनलमा ४–३ को जित निकालेको थियो ।
यि दुई टोली हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा नै हर्नान्डेजले फ्रान्सलाई १–० को अग्रता दिलाए । केलियन एमबाप्पेको प्रहार रिवाउन्ड हुँदा गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा सुन्दर गोल गरेका थिए ।
१७औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।
पहिलो हाफको अन्तिम मिनेटमा एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्कदा मोरक्को बराबरीबाट चुक्यो । ७९औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर बनायो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे ।
केलियन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]