default_image

3 years ago

December 17, 2022

विश्वकपमा जिताउन जमेका ६ दिग्गज खेलाडी

230 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाले आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । लियोनेल मेस्सी र केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकपमा आ–आफ्नो टोलीको फाइनल यात्रामा उच्च् प्रदर्शन गर्दै फाइनलको बाटो डोर्याएका छन् ।

अर्जेन्टिना यस विश्वकपको उपाधि जित्दै ‘मेस्सी विश्वकप’का रूपमा सम्झिनेछ । यता, एमबाप्पे पनि चार वर्षअघिको उपाधि जोगाउने लक्ष्यमा छन् । यि दुवै खेलाडीले विश्वकपमा समान ५ गोल गरिसकेका छन् । मेस्सीले ३ असिस्ट तथा एमबाप्पेले २ असिस्ट दिएका छन् । आफ्नो टोलीले विश्वकपको उपाधि जित्दा कुन खेलाडीले प्रभुत्व जमाए त हेरौं ।

पेले, ब्राजिल – १९५८

सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपमा ब्राजिलले पहिलोपटक उपाधि जित्दा पेले भर्खर १७ वर्षका थिए । आफ्नो देशको शुरुवाती दुई खेलमा मौका नपाएका पेलेले त्यसपछि सोभियत संघविरुद्ध २–० को जितमा आफ्नो प्रभाव छाडे । त्यसपछि क्वाटरफाइनलमा वेल्सविरुद्ध १–० को जितमा निर्णायक गोल गरे ।

त्यसपछि पेले रोकिएनन् । उनले सेमिफाइनलमा फ्रान्समाथि ५–२ को जितमा ह्याट्रिक तथा फाइनलमा स्विडेनमाथि ५–२ को जितमा दुई गोल गरे । जसमा उनले एकजना डिफेन्डरमाथि बल फ्लिक गर्दा उत्कृष्ट प्रयास पनि समावेश छ । पेलेका लागि यो तीन विश्वकप उपाधिमध्ये पहिलो थियो । चोट बोक्नुअघि उनले १९६२ मा शुरुवाती दुई खेल मात्रै खेले । १९७० मा पनि उनले आफ्नो प्रभाव जमाए । त्यस विश्वकपमा उनले ४ गोल गर्न सफल भए । उनले फाइनलमा इटालीमाथि ४–१ को जितमा एक गोल गरे ।

मारियो केम्पेस, अर्जेन्टिना – १९७८

अर्जेन्टिनाले दुई पटक विश्वकप जितेको छ । दुवैपटक एक खेलाडीले आफ्नो जितमा ठूलो भूमिका खेलेको छ । सन् १९७८ मा घरेलु भुमिमा अर्जेन्टिनाले उपाधि जित्दा मारियो केम्पेस उदाए ।

भ्यालेन्सियाका फरवार्ड लगातार दुई सिजन स्पेनिस ला लिगामा सर्वाधिक गोलकर्ता बनेर अर्जेन्टिनाको टोलीमा समावेश भएका थिए । अर्जेन्टिनाको टोलीमा उनी मात्रै देश बाहिर खेल्ने खेलाडी थिए ।

केम्पेसले पहिलो चरणमा गोल गर्न सकेनन्, तर दोस्रो चरणमा पोल्याण्डलाई २–० ले र पेरुमाथि ६–० को जितमा पहिलो र तेस्रोमा दुवै गोल गरे । यसले अर्जेन्टिनालाई फाइनलमा पुर्यायो र केम्पेसले ब्यूनस आयर्समा नेदरल्याण्ड्सलाई ३–१ ले जित्दा थप दुई पटक गोल गरे । उनले आफ्नो देशलाई पहिलो सफलतामा मद्दत मात्रै गरेन, उनी प्रतियोगिताको शीर्ष गोलकर्ता (६) र उत्कृष्ट खेलाडीसमेत बने ।

पाओलो रोसी, इटाली – १९८२

सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा इटालीका फरवार्ड पाओलो रोसी सिरी ए मा म्याच फिक्सिङ स्क्यान्डलपछि दुई वर्षको प्रतिबन्ध भोग्दै टोलीमा फर्किएका थिए । उनलाई टोलीमा छनोट गरेकोमा प्रशिक्षक एन्जो बेयरजोटको इटालियन मिडियामा आलोचना भएको थियो ।

खराब सुरुवातपछि सेमिफाइनलमा पुग्न इटालीलाई जित्नैपर्ने खेलमा ब्राजिलविरुद्ध शानदार ह्याट्रिक गर्दै रोसी चम्किए । उनले सेमिफाइनलमा पोल्याण्डलाई २–० ले पराजित गरेको खेलमा दुवै गोल गरे । फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले हराउँदा उनले एक गोल गरे । ६ गोल गरेका रोसीले सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट र प्लेयर अफ द टुर्नामेन्टको गोल्डेन बल जिते ।

डिएगो म्याराडोना, अर्जेन्टिना – १९८६

१९८६ मा कप्तान डिएगो म्याराडोनाको नेतृत्वमा उनले अर्जेन्टिनालाई मेक्सिकोमा दोस्रो विश्वकप जिताउन मद्दत गरे । पहिलो गोलले इटालीविरुद्ध १–१ को बराबरी खेल्दै अर्जेन्टिनालाई समूह जिताउन मद्दत गर्यो । क्वार्टरफाइनलमा उनले दुई गोल गर्दै इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दा महत्त्वपूर्ण भूमिका खेले ।

उनकाे त्याे पहिलो गाेल निकै प्रख्यात छ । त्यस गाेललाई ‘ह्यान्ड अफ गड’ काे रुपमा चिनिन्छ । तर दोस्रोलाई विश्वकपको सबै समयको उत्कृष्ट स्ट्राइकहरू मध्ये एक मानिन्छ, किनभने उनले आफ्नै हाफ भित्र बल उठाए । इंग्ल्यान्डको रक्षा र शिल्टनलाई हराएर अविश्वसनीय गोल गरेका थिए ।

उनले त्यसपछि बेल्जियमलाई २–० ले सेमिफाइनलमा जित्दा थप दुई गोल गरे र त्यसपछि पश्चिम जर्मनीमाथि ३–२ को नाटकीय फाइनल जितमा महत्वपूर्ण भूमिका खेले । आफ्नो नाममा पाँच गोल र पाँच असिस्टको साथ, म्याराडोना प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा गोल्डेन बल जित्न सफल भए ।

जिनेदिन जिदान, फ्रान्स – १९९८

मिडफिल्डर जिनेदिन जिदान फ्रान्सको १९९८ को विश्वकपको पोस्टर ब्वाए थिए । घरमै विश्वकप आयोजना भइरहँदा उनीमा सबैको नजर थियो । दक्षिण अफ्रिकामाथि ३–० को जितमा उनले महत्वपूर्ण एक असिस्ट दिए । त्यसपछि जिदानले साउदी अरेबियाविरुद्ध ४–० को जितमा महत्वपूर्ण भूमिका खेले ।

डेनमार्कविरुद्धको खेल गुमाएका उनले अन्तिम १६ मा पाराग्वेलाई अतिरिक्त समयमा १–० ले पराजित गरेको खेलमा पनि महत्वपूर्ण भुमिका निभाए । तर उनी शैलीमा फर्किए, पेनाल्टी सुटआउटमा गोल गर्दै इटालीलाई क्वाटरफाइनलमा हरायो र त्यसपछि क्रोएसियालाई २–१ ले सेमिफाइनलमा जित्न मद्दत गर्यो । फाइनलमा, जिदानले ब्राजिलमाथि ३–० को जितमा दुई हेडर गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । दुई वर्षपछि, उनी युरो २०००मा उत्कृष्ट खेलाडी घोषित भए, जुन फ्रान्सले पनि जित्यो ।

रोनाल्डो, ब्राजिल – २००२

त्यो १९९८ को फाइनल ब्राजिलका फरवार्ड रोनाल्डोका लागि सबैभन्दा ठूलो क्षण हुने अपेक्षा गरिएको थियो । तर, चोटसँग जुधिरहेका उनी पहिलो रोजाईमा पर्न सकेन । फाइनलमा फ्रान्ससँगको हारमा पहिलो रोजाईमा खेलेपनि आफ्नो प्रभाव जमाउन सकेन ।

सन् १९९९ मा घुँडाको गम्भीर चोटले उनको क्यारिअर नै समाप्त हुने आँकलन गरिएको थियो । तर त्यसपछि उनले फुटबलकै दुर्लभ पूनरागमनमध्ये एक सानदार पूनरागमन गरे । सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको प्रतियोगितामा रोनाल्डोले सात खेलमा आठ गोल गरेर चार वर्ष अघिको आफ्नो दुःस्वप्नलाई पूरा गरे ।

उनले समूहका तीन खेलमा चार गोल गरेका थिए । टर्कीमाथि २–१, चीनमाथि ४–० र कोस्टा रिकालाई ५–२ ले हराएको खेलमा उनले दुई गोल गरे ।

त्यसपछि बेल्जियममाथि २–०, टर्कीविरुद्ध १–० र फाइनलमा जर्मनीलाई २–० ले हराउँदा उनले समान एक गोल गरे । रोनाल्डो त्यस विश्वकपमा शीर्ष गोलकर्ता बन्दै गोल्डेन बुट जिते । त्यसपछि कुनै पनि खेलाडीले विश्वकपमा बढी गोल गर्न सकेनन्, यद्यपि मेस्सी र एमबाप्पे दुवै यसवर्ष त्यो गर्ने प्रतिस्पर्धामा छन् ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.