default_image

2 years ago

December 17, 2022

तेस्रो हुन मोरक्को र क्रोएसिया खेल्दै

263 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो ।

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

यि दुई टोलीले यसै विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । क्रोएसियाले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन राखेपनि मोरक्कोको बलियो रक्षापङ्तिलाई तोड्न सकेको थिएन । यसपटक क्रोएसिया त्यो चुनौती तोड्दै तेस्रो हुन चहान्छ ।

सम्भवत अन्तिम विश्वकप खेलिरहेको लुका मोड्रिच आफ्नो टोलीलाई तेस्रो बनाएर विश्वकपबाट बिदा लिन चहान्छ । क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । मोरक्को तेस्रो नभएपनि इतिहास बनाइसकेको यो टोलीलाई ऐतिहासिक स्वागत हुने पक्का छ ।

सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आफ्नै गल्तीले खाएको आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो । मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थियो ।

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्काे खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

त्यसयता, मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यसपटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

यि दुवै टोलीको सेमिफाइनलमा आएर नै अपराजित यात्रामा पूर्णविराम लागेको थियो । क्रोएसिया ४ जनु २०२२ मा अष्ट्रियासँग नेसन्स लिगमा ३–० पराजित भएयता ११ खेलसम्म अपराजित रहेको थियो । ६ जित र ५ बराबरीको नतिजा छ ।

यता, फ्रान्ससँग २–० को हारसँगै मोरक्कोको पनि अपराजित यात्रा ११औं खेलमा टुंगिएको छ । २ जुन २०२२ मा अमेरिकासँग ३–० ले पराजित भएयता मोरक्को अपराजित रहेको थियो । जसमा ७ जित र ३ बराबरीको नतिजा थियो ।

यि दुई टोली हालसम्म दुईपटक भिडेका छन् । दुवै खेल बराबरीमा सकिएको छ । सन् १९९६ मा भएको हसन दोस्रो ट्रफी सेमिफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित निकालेको थियो । पछिल्लो भेट यसै विश्वकपको समूह चरणमा थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

June 26, 2024

फ्रान्स पोल्याण्डसँग इनबराबरीमा रोकियो

एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट […]

June 26, 2024

फ्रान्स र नेदरल्याण्ड्स रहेको समूहमा अष्ट्रिया विजेता

एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । ३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । […]

June 25, 2024

अर्जेन्टिना चिली विरुद्ध खेल्दै

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को दोस्रो खेलमा चिली विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे न्यू जर्सीमा सुरु हुनेछ । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडा विरुद्ध २-० को जित हात पारेको थियो । पहिलो खेलमा अर्जेन्टिना खेलमा हावि भएपनि सोचेअनुरूप प्रदर्शन भने रहेको थिएन । अर्जेन्टिनाले थुप्रै अवसरहरू […]

Success

Thank you for your time.