default_image

1 year ago

December 19, 2022

मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

सुबास हुमागाईं हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी को थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो । तर आइतबार कतारको लुसेल रंगशालाबाट विश्वकप इतिहास मात्र नभएर समग्र फुटबल इतिहासकै उत्कृष्ट मध्यको खेलबाट विश्वले अर्जेन्टिनालाई च्याम्पियनको रुपमा पाएको छ । र अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि […]

355 views

0 Bookmark

  • सुबास हुमागाईं

हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी को थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो । तर आइतबार कतारको लुसेल रंगशालाबाट विश्वकप इतिहास मात्र नभएर समग्र फुटबल इतिहासकै उत्कृष्ट मध्यको खेलबाट विश्वले अर्जेन्टिनालाई च्याम्पियनको रुपमा पाएको छ । र अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि ।

यो प्रश्नमा शनिबारसम्म क्रिस्टियानो रोनाल्डोप्रति लगाव राख्ने समर्थकले प्रश्नको उत्तर झट्टै ‘रोनाल्डो’ भन्दा एक मनले मेस्सी पनि हो है भन्ने लाग्थ्यो नै । र मेस्सीको खेलप्रति मोहित हुने समर्थकले, ‘मेस्सी’ उत्तर फर्काउँदा रोनाल्डोभन्दा अब्बल नै भन्न सटिक आधार छैन भन्ने एक मनले सोचेकै हुन्थ्यो । तर मेस्सीले अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएसँगै मेस्सी र रोनाल्डो वादविवादको औपचारिक अन्त्य भएको मान्नुपर्छ ।

रोनाल्डो र मेस्सी दुवै एकै युगमा जन्मनु हामी आम फुटबल समर्थकको लागि भाग्य थियो । सायद यी दुई फरक समयमा जन्मेका हुन्थे त पेलेको युग र म्याराडोनाको युग जस्तै आफ्नो समयको राजा हुन्थे । हामी भाग्यमानी छौं कि बाहिर बसेर हामीले मेस्सी राम्रो कि रोनाल्डो भन्ने विवाद गर्न पायौं । कुनै खेल होइन, सिजन होइन, वर्षौंसम्म पायौं ।

दुवै एकै समयमा उच्च विन्दुमा पुगेर भिड्दा एक आपसमा धेरै उपाधि बाँडे । तर एक अर्का सँगको प्रतिस्पर्धाले नै यो स्तरसम्म पुग्न सकेको भन्ने आशय दुवैले पटक पटक आफ्नो अन्तर्वार्तामा दिँदै आएका छन् । पछिल्लो समय भने रोनाल्डोले आफू अब्बल रहेको दावी सहितका अन्तर्वार्ता दिए । तर मेस्सी कहिल्यै पनि यस्तो प्रश्नमा खुलेर उत्तर दिन चाहेनन् । त्यसैले पनि भनिन्छ, यी दुईको मैदान भित्रको खेल्ने शैली जस्तै मैदान बाहिरको प्रस्तुतिले उनीहरुको व्यवहार र प्रकृति पहिचान गर्न सकिन्छ ।

क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले पछिल्लो डेढ दशकमा विश्व फुटबलमा जित्न बाँकी सायदै कुनै व्यक्तिगत र क्लब उपाधि छ । राष्ट्रिय टोलीका लागि कमजोर प्रदर्शन गर्दै आएका यी दुई दिग्गजले करिअरको उत्तर्रार्द्धमा भने राष्ट्रिय टोलीमा पनि सफलता हासिल गर्न थाले । रोनाल्डोले सन् २०१६ मा युरो जितेपछि सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा उनको दबदबा बढ्न थाल्यो ।

एकातर्फ मेस्सी लगातार दुई वर्ष कोपा अमेरिकाको फाइनलमा पराजित हुनु र रोनाल्डोले पोर्चुगललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउनुले को उत्कृष्ट भन्ने होडमा रोनाल्डोको पल्ला भारी बन्दै गयो । तर मेस्सीले क्लब फुटबलमा एकपछि अर्को सफलता हासिल गर्दै गए । व्यक्तिगत उपाधिमा पनि दुई बीचको प्रतिस्पर्धा गजबको रहयो ।

विश्व प्रतिष्ठित ब्यालोन डी’ओर को शीर्ष दुईमा यी दुइको रस्साकस्सीले आम फुटबल समर्थकलाई प्रतिस्पर्धाको उच्च विन्दुमा पुर्यायो । अझ रोनाल्डो रियल म्याड्रिड गएपछि दुई बीच एल क्लासिकोले ‘प्रतिद्वन्द्वीता’लाई थप रोमान्चक बनाएको थियो । कहिले रोनाल्डो त कहिले मेस्सीले ब्यालोन डी’ओर जिते ।

व्यक्तिगत र क्लब फुटबलमा मेस्सीको सफलता तुलनात्मक रुपमा बढी भएपनि अन्तर्राष्ट्रिय फुटबलको पिडाले मेस्सी सर्वोत्कृष्ट भन्ने दावी गर्न सक्ने अवस्था भएन । एक समय पटक-पटक प्रयासमा पनि असफल भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिने अवस्थामा पुगेका मेस्सी आज सातौं आकाशमा छन् ।

एक समय आफूसँगै खेलाडीको भूमिकामा विश्वकप जित्ने प्रयासमा रहेका लिओनेल स्कालोनीको प्रशिक्षणमा मेस्सीले कोपा अमेरिका र विश्वकप जित्दै आफूलाई अब्बल सावित गरे । यतिमात्र होइन, मेस्सीले आफ्नो करिअरको सुरुवातमा डिएगो म्याराडोना र पाब्लो आइमारलाई आफ्नो आदर्श मान्थे । पछिल्लो समय म्याराडोना आफैं मेस्सीको समर्थक भएर निस्के । यसपटक विश्वकपमा सहायक प्रशिक्षकको भूमिकामा रहेका आइमारले मेस्सीको प्रदर्शन देखेर भावुक भएको दृश्य टेलिभिजन स्क्रिनमा आउँदा उनको करिअर कति सार्थक भएको छ भन्ने थप प्रष्ट बनाएको थियो ।

त्यसो त मेस्सी अब्बल खेलाडी हुन् भन्ने सावित गर्न कठिन थिएन, छैन । उनले खेलेका खेलका भिडियो मात्र हेरेर पनि उनी कुन स्तरका खेलाडी थिए भन्ने मेसो पाउन सकिन्छ । मैदानमै मेस्सीको खेल हेर्न पुग्नुहुन्छ भने उनले बिरलै तपाईंलाई निराश बनाउनेछन् । बलसँग उनको चाल मात्र होइन बल नहुँदाको उनको बलको प्रतीक्षामा हुने तयारीले उनलाई अब्बल बनाएको थाहा हुन्छ ।

मेस्सी उत्कृष्ट हुन् भन्ने पुष्टि गर्न उनले कागजमा उल्लेख गर्न सक्ने सफलता पाउनु जरुरि थियो । मेस्सी आफैंले पनि य बुझेका थिए र विश्वकप आफ्नो सपना रहेको पटक पटक बताउँदै आएका थिए । अर्जेन्टिनामा मेस्सीसँगै आक्रमणमा राम्रो खेलाडीको कमी कहिल्यै भएन । तर तुलनात्मक रुपमा गोलरक्षक र डिफेन्समा सोहि स्तरका खेलाडी नहुँदा टोली पछि परेको थियो ।

यसपटक विश्वकपमा मेस्सीकै खेल हेरेर हुर्के बढेका खेलाडीले टोलीको उपाधि यात्रामा महत्त्वपूर्ण योगदान दिए । मेस्सीसँग करिअरको मध्यविन्दुमा जोडिएका र मेस्सीलाई हेरेर करिअरमा पाइला चालेका खेलाडीले उनलाई विश्वकप दिलाए । गोलरक्षक एमिलियानो मार्टिनेजको नै कुरा सुन्ने हो भने उनी आफू विश्वकप जित्न भन्दा बढी मेस्सीलाई विश्वकप जिताउनुपर्छ भन्ने प्राथमिकतामा राख्थे ।

कतिपय अवस्थामा लाग्थ्यो, अर्जेन्टिनाको यस राष्ट्रिय टोलीले मेस्सीलाई विश्वकप जिताउन नसके गल्ती मेस्सी होइन, अन्य खेलाडीको हुनेछ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा चुकेपछि मेस्सीको असफलताको कारक भन्दै केहि खेलाडीले निकै मानसिक तनाव झेल्नुपर्यो । हिजोसम्म पनि अर्जेन्टिनाका कुनै खेलाडीले खेलमा खराब प्रदर्शन गरे मेस्सीलाई विश्वकपसम्म पुग्न नदिने हो कि भन्दै नाम जोडिन्थ्यो । तर यो टिमले त्यसो हुन दिएन ।

सदाझैं मेस्सी यसपटक पनि टिमको केन्द्रविन्दुमा रहे । तर यसपटक टिमले अन्य सारथी पायो । गोलरक्षक, डिफेन्स, मिडफिल्ड र फरवार्ड सबैतर्फ आ-आफ्नो भूमिकामा पक्का खेलाडी आए । र प्रदर्शन पनि गरे ।

मेस्सीको विश्वकप जितको यात्रा उनको कर्मकै कारण सम्भव भएको हो । तर यसमा भाग्यको साथ पनि उत्तिकै छ । गोलरक्षक एमिलियानो मार्टिनेज केहि वर्षको अन्तरालमा अर्जेन्टिनाको टोलीमा पर्नुलाई उक्त भाग्यको उदाहरण मान्न सकिन्छ । एन्जो फर्नान्डेज बेन्फिकामा आउनेबितिक्कै उत्तम प्रदर्शन गर्नु । जुलियन अल्भारेजले राष्ट्रिय टोलीको जिम्मेवारीलाई छोटो समयमा खरो उत्रनु । अन्य थुप्रै भाग्यको रेखा यो उपाधिमा जोडिन्छन् । तर मुख्य विन्दु मेस्सीको फुटबल कर्म नै रहयो ।

मेस्सीले यसपटक विश्वकप जिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने बताएका थिए । कोपा अमेरिका जितेपछि विश्वकप जित्न सकिन्छ भन्ने विश्वास पलाएको अर्जेन्टिनी टोलीले पनि मेस्सीलाई सुखद बिदाइ गर्न कुनै कसर छोडेन । यहाँसम्म की विश्वकपअघि कतिपय खेलाडीले क्लबबाट चाडै बिदा लिन अनेक वहाना गरेको आरोप समेत लाग्यो । तर अन्तत: मेस्सीलाई विश्वकप दिलाउन सफल भए । तर यो बिदाइ भने नहुने भयो ।

विश्वकप उचाले लगत्तै ड्रेसिङ रुममा जाने समयमा मेस्सीले अर्जेन्टिनाको मिडियालाई अन्तवार्ता दिने क्रममा आफू सन्न्यास नलिने बताए । एक हातमा विश्वकप उपाधि, गलामा स्वर्ण पदक र छातीमा भर्खर थपिएको तेस्रो तारासहितको जर्सी लगाएर मेस्सीले यो उपाधि जित्न गरेको मिहिनेतको प्रतिफल स्वरूप आफू च्याम्पियनको रुपमा राष्ट्रिय टोलीमा खेलिरहने इच्छा जताए ।

मेस्सी क्लब फुटबलमा फ्रान्सेली लिगको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित छन् । दुई वर्षअघि बार्सिलोनाको बोर्डसँग समस्या नहुँदो हो त उनी आजपनि क्याटलान क्लबको जर्सीमै देखिन्थे होला । त्यसो त उनको सन्न्यासपछि क्लब करिअरको कुरा हुँदा मानसपटलमा उनलाई बार्सिलोनाकै जर्सीमा चित्रण गरिन्छ । तर मेस्सीले यो पनि प्रष्ट पारेका छन्, उनी अब बार्सिलोना फर्कने छैनन् ।

पिएसजीमा अर्को वर्षसम्म उनको सम्झौता छ । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनको लक्ष्य च्याम्पियन्स लिग जित्ने छ । त्यसका लागि यो सिजन र यसमा नसके अर्को सिजन उनीसँग विकल्प छ । यसबीचमा उनको नाम अमेरिकाको मेजर लिग सकरमा पनि जोडिएको छ । सन् २०२६ मा अमेरिकाले क्यानडा र मेक्सिकोसँग विश्वकप आयोजना गर्न लागेको हुनाले पनि मेस्सीको त्यसतर्फ जाने सम्भावना बलियो छ । तर करिअरको अन्त्यतिर आफ्नो गन्तव्य बनाएको ठाउँमा मेस्सी अहिले नै जानु फुटबल समर्थकप्रति अन्याय हुन सक्छ ।

मेस्सी जुन स्तरमा खेलिरहेका छन्, उनी युरोपमा अझै पनि उत्कृष्ट खेलाडीमा पर्छन् । विश्वकप जितेसँगै उनको नाम प्रतिष्ठित व्यक्तिगत अवार्डको दावेदार सुचिमा लाहाछाप भइसकेको छ । त्यसका लागि उनकै क्लब सहकर्मी किलीयन एमबाप्पे प्रतिद्वन्द्वी हुनेछन् । यसको अर्थ मेस्सी अझै युरोपमै रहनुपर्छ भन्ने हो ।

पिएसजीले पटक पटक मेस्सीको सम्झौता थप्न चाहेको सार्वजनिक रुपमै बताएको छ । तर मेस्सीले फ्रान्समा रहेर लिग र कप जितिसकेका छन् र च्याम्पियन्स लिग उनको लक्ष्य हो । अबको दुई सिजनमा उनी त्यसमा सफल हुने सम्भावना बलियो छ । तर यदि सक्दैनन् भने उनले अहिले नै अमेरिका प्रस्थान गर्नु फुटबलका लागि न्यायोचित नहुन सक्छ ।

दुई वर्ष अघिसम्म मेस्सी बार्सिलोना छोडेर जान्छन् भन्ने सोच्न पनि नसकिने अवस्था थियो । तर उनी क्याटलान क्लबबाट बिदा भए । र अब फर्कने पनि छैनन् । यस्तो अवस्थामा मेस्सीको खेल्ने शैली बुझेका प्रशिक्षक भएको, मेस्सीलाई आर्थिक रुपमा अनुबन्ध गर्न सक्ने सामर्थ्य बोकेको, मेस्सीको उचाइसँग मेल खाने र मेस्सीकै लक्ष्य बोकेको एक क्लब उनको लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।

मेस्सी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा दुविधा छैन । अब मेस्सीले आफूलाई विश्वको सर्वोत्कृष्ट प्रतियोगिता र क्लबमा प्रमाणित गरिसकेका छन्, र गर्न बाँकी सायदै केहि होला । तर विश्वकै चर्चित लिगले उनको आशा गरिरहेको छ । विश्वकै धनी मध्यको क्लब उनको आगमन स्वीकार्न तयार हुन्छ नै ।

एक फुटबल प्रेमीले सपना देख्न पाउँछ, र सबै सपना पूरा हुनुपर्छ भन्ने छैन । तर मेस्सीले यदि प्रिमियर लिगको यात्रा गर्छन् र भर्खरै सम्झौता नविकरण गरेका पेप गुआर्डीओलासँग मिलेर म्यानचेस्टर सहरमा नयाँ युरोपेली च्याम्पियन भित्र्याउँछन् भने, सोच्नुस त ?

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.