default_image

2 years ago

December 20, 2022

कतार विश्वकपमा चम्किएका युवा

233 views

0 Bookmark

एजेन्सी – आइतबार राति दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई च्याम्पियन बनाएर फिफा विश्वकप कतार २०२२ सकिएको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा अर्जेन्टिनाले साविकको विजेता फ्रान्सलाई टाइब्रेकरमा हराएर तेस्रोपटक उपाधि जित्न सफल भयो ।

निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप १–१ गोल भएर ३–३ गोलको बराबरीपछि खेल लम्बिँदा टाइब्रेकरमा अर्जेन्टिनाले ४-२ ले बाजी मार्यो । यस विश्वकपमा केही अप्रत्यासित र स्तब्धपूर्ण नतिजा निस्कियो ।

समूह चरणमा साउदी अरेबियासँग अर्जेन्टिनाको २–१ को, जापानसँग जर्मनीको २–१ को हार, मोरक्कोसँग बेल्जियमको २–० को हार, ट्युनिसियसँग फ्रान्सको १–० को हार, जापानसँग स्पेनको २–१ को हार, दक्षिण कोरियासँग पोर्चुगलको २–१ को हार र क्यामरुनसँग ब्राजिलको १–० को यस विश्वकपका केही अप्रत्यासित नतिजा हुन् ।

पहिलोपटक सेमिफाइनल खेलेको अफ्रिकी राष्ट्र मोरक्को विश्वकपमा चौथो भयो । यि बाहेक यस विश्वकपमा युवा खेलाडीले विश्वको ध्यान खिच्न सफल भए । मोरक्कोका युवा मिडफिल्डरले यसपालि आफ्नो प्रतिभा देखाए । क्रोएसियाका २० वर्षका डिफेन्डरले आफूप्रति ध्यान केन्द्रित गर्न सफल भए ।

कतार विश्वकपमा प्रभाव छाड्न सफल १० युवा खेलाडी

एन्जो फर्नान्डेज (अर्जेन्टिना)

२१ वर्षीय अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज विश्वकपअघि खासै सुनिएको नाम थिएन । विश्वकपअघि विरलै मौका पाएका उनले जादुयी क्षमता भएका मेस्सीको कप्तानीमा मौका पाउदा उत्कृष्ट प्रदर्शन गरे । मेक्सिकोविरुद्धको समूह चरणको खेलमा उनले उत्कृष्ट गोल गरे ।

पहिलो खेलमा साउदी अरेबियासँग हारेपनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । क्रोएसियासँगको सेमिफाइनल जितमा उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । मेस्सीसँग उनले उक्त खेलमा ६२ पास मिलाएका थिए । पोर्चुगिज क्लब बेन्फिकामा ६ महिनाअघि ८.६ मिलियन पाउण्डमा आवद्ध भएका उनी विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए । अहिले उनलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबबीच रस्साकस्सी चलिरहेको छ ।

जुलियन अल्भारेज (अर्जेन्टिना)


अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा यि २२ वर्षीय युवा फरवार्ड जुलियन अल्भारेज सबैको मन जित्न सफल खेलाडी हुन् । यस विश्वकपमा उनी कप्तान लियोनले मेस्सीको परफेक्ट पार्टनर बनेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका यि फरवार्ड अल्भारेजले सेमिफाइनलमा क्रोएसियाविरुद्ध गरेको दुवै गोल निकै सुन्दर थियो । यस विश्वकपमा उनले सबै ७ खेल खेल्दा ४ गोल गर्न सफल भएका थिए ।

ओरेलिएन चुआमेनी (फ्रान्स)

फ्रान्समा धेरै प्रतिभाशाली खेलाडीहरू छन् । २२ वर्षीय मिडफिल्डर ओरेलिएन चुओमेनी कतार विश्वकपमा फ्रान्सका लागि निकै मतत्वपूर्ण खेलाडी सावित भए । स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने यि मिडफिल्डरले चोटका कारण पल पोग्बा र एङ्गोलो कान्टेको अनुपस्थितिमा फ्रान्सको मिडफिल्ड सम्हाल्दै आफूलाई उत्कृष्ट खेलाडीको रुपमा उभ्याए । उनी गोल गर्न र असिस्ट दिन भन्दापनि रक्षात्मक भूमिकामा अब्बल छन् ।

चुआमेनीले विपक्षी आक्रमण रोक्न पनि उनले महत्त्वपूर्ण भुमिका खेले । डिफेन्सिभ मिडफिल्डर भएपनि उनले ओपन प्लेबाट ६ वटा मौका सिर्जना गरे । यसक्रममा उनले ३५ पटक विपक्षीबाट बल खोसे । क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले विश्वकपमा आफ्नो पहिलो र एकमात्र गोल गरे । जुन निकै सानदार थियो । यो भन्न सुरक्षित छ कि फ्रान्सको हातमा एक मणि छ, र त्यो मिडफिल्डर चुआमेनी नै हो । दुर्भाग्यवश उनी फाइनलमा पेनाल्टी सुटआउटमा चुक्न पुगे ।

कोडी ग्याक्पो (नेदरल्यान्ड्स)

विंगर कोडी गाक्पो आफ्नो पहिलो तीन विश्वकप खेलमा गोल गर्ने नेदरल्यान्ड्सका पहिलो खेलाडी बने । ६ फिट ४ इन्च अग्ला २३ वर्षीय खेलाडी गाक्पोले पीएसभी इन्डोभेनका लागि २४ खेलमा १३ गोल र १७ असिस्ट दिएका थिए । व्यावसायिक फुटबलमा गरेका उत्कृष्ट प्रदर्शनलाई विश्वकपको मैदानमा पनि आफ्नो प्रभाव छोड्न उनी सफल भएका छन् ।

अर्जेन्टिनासँगको क्वाटरफाइनल खेल हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले भनेका थिए, ‘कोडीमा स्टार बन्ने सबै किसिमका गुण छ ।’

कप्तान भर्जिल भान डाइकले पनि कोडीको प्रशंसा गरेका छन् । ‘उनी चन्द्रमाको जति उचाईमा पुग्न सक्छन् र उनको मागले आकाश छुन सक्छ ।’

एज्जेदिन ओनाही (मोरक्को)

मोरक्कोका मिडफिल्डर एज्जेदिन ओनाहीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई विश्वकपमा पनि दोहोर्याए । फ्रान्सेली क्लब एन्जर्सका लागि खेल्ने उनी विश्वकपअघि उनी सुनिएको नाम थिएन । तर, ओनाहीले विश्वकपमा आफ्नो नाम रंगिन बनाएर छाडेका छन् । २२ वर्षीय ओनहीले सेमिफाइनलमा एक उत्कृष्ट खेल प्रदर्शन गरे ।

उनको मैदानमा गति एक ऐतिहासिक पल बन्यो । उनले लुइस एनरिकको स्पेनलाई अन्तिम १६ मै सीमित राख्न मद्दत गरे । उनको अलराउण्डर प्रदर्शनले स्पेनविरुद्धको खेलमा उनको चर्चा सर्वत्र भयो । २०१० को विश्वकप विजेताविरुद्ध उनले १४.७ किमी दुरी तय गरेका थिए । पोर्चुगलसँगको क्वाटरफाइनल खेलमा उनले तीन ड्रिबल र सात डुअल्स गरेका थिए । तेस्रो स्थानको लागि भएको खेलमा पनि उनले आफ्नो प्रभाव जमाएका थिए ।

जोस्को भार्डीओल (क्रोएसिया)

विश्वकपमा ‘मास्क म्यान’ बनेका जोस्को भार्डीओलले आफ्नो अनुहार विश्वभरका फुटबल समर्थकले सम्झनु पर्ने बनाएका छन् । भार्डीओलले विश्वकप अघि क्लबको खेल खेल्दा नाक भाँचिएका कारण विश्वकपको खेलमा मास्क लगाएर मैदानमा उत्रिएका थिए । क्रोएसियाको मुख्य डिफेन्डरका रुपमा देखिएका २० वर्षीयको प्रदर्शन सुपर हिरोको जस्तै थियो । उनको प्रदर्शनले क्रोएसियालाई सेमिफाइनलमा यात्रा गर्न मद्दत मिल्यो ।

सेमिफाइनलमा अर्जेन्टिनासँग उनको टिमले हारे पनि उनको प्रदर्शन भने निकै सम्झन लायक रहेको थियो । उनी एक आक्रमक डिफेन्डर थिए । बीबीसी रेडियो लाइभ फाइभमा पण्डित पेट नेविनले उनको बारेमा ‘रोल्स रोयल्स अफ अ डिफेन्डर’ को रुपमा चर्चा गरेका थिए ।

इंग्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले भने, ‘क्रोएसियाले खेलेका हरेक खेलमा भार्डीओलको प्रदर्शन उच्च थियो । क्रोएसियाले जसरी खेल्यो, त्यसका कारण पनि उनीमाथि ठूलो भार रहेको थियो । उनी एक बलियो पिल्लर थिए । उनी एकदम मजबुत र बहादुर डिफेन्डर हुन् ।’

जुड बेलिङ्हम (इङ्ल्यान्ड)

विश्वकपका बेला फिल फोडनले भनेका थिए, ‘मलाई लाग्छ उनी विश्वकै उत्कृष्ट मिडफिल्डर हुन सक्छन् ।’ १९ वर्षीय जुडको फुटबल शैली उनको उमेरभन्दा निकै पाको छ । उनी इंग्लिस मिडफिल्डको बलियो खम्बा हुुन् । फ्रान्सविरुद्धको पेनाल्टीमा गोल गर्न चुकेपछि उनले जसरी कप्तान ह्यारी केनको सामना गरे त्यो उनको परिपक्वता थियो । केनले पेनाल्टी मिस गरेपछि उनलाई थमथमाएर सान्त्वना दिएका थिए ।

इरानसँगको पहिलो खेलमा ६–२ को जित दर्ता गरेपछि जर्मन बोरुसिया डर्टमन्डका मिडफिल्डर इंग्ल्यान्डका लागि गोल गर्ने दोस्रो युवा खेलाडी बने । उनको शानदार प्रदर्शनका कारण सेनेगलविरुद्ध अन्तिम १६ मा जित हात पार्यो । उनी १९६६ पश्चात नकआउटमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने । फ्रान्ससँगको हारसँगै बेलिङहामको उडानमा पनि रोक लाग्यो ।

गोन्कालो रामोस (पोर्चुगल)

विश्वको नजर भएको स्थानमा आफूलाई कसरी चिनाउने भन्ने कुरा खेलाडीमा भर पर्ने कुरा हो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा अन्तिम १६ को खेलमा विश्वकपमा पहिलो खेल खेल्ने मौका पाएका गोन्कालो रामोसले पहिलो खेलमा नै ह्याट्रिक गरेर विश्वको ध्यान आफूतिर खिच्न सफल भए ।

स्वीट्जरल्यान्डविरुद्ध उनले गरेको प्रदर्शन कुनै जादुयीभन्दा कम थिएन । २१ वर्षीय उनले शानदार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको तुलनामा उनले नकआउट चरणमा बढी गोल गरे । सन् १९६६ पछि पोर्चुगलको लागि विश्वकपको एकै खेलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनी यस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

पाब्लो गाभी (स्पेन)

पाब्लो गाभी स्पेनले पाएको प्रतिभावान मिडफिल्डरमध्ये एक हुन् । स्पेन प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपनि गाभीको प्रदर्शन सानदार रहेको थियो । क्याटलान क्लब बार्सिलोनाका लागि खेल्ने यि १८ वर्षीय मिडफिल्डर गाभीले कोस्टारिकामाथि ७–० को जितमा एक गोल गरेका थिए । उनी स्पेनको नयाँ मिडफिल्डरको रुपमा उदय भएको छ ।

जमाल मुसियाला (जर्मनी)

लगातार दोस्रो संस्करणको नकआउट चरण पार गर्न नसकेपनि जर्मनी विश्वकपमा सदावहार दावेदार टोली हो । यद्यपि जर्मनीका लागि पछिल्लो दुई संस्करण राम्रो हुन नसकेपनि जमल मुसियाला चार पटकको विश्व च्याम्पियनका लागि भएको एक आशाको रूपमा उभिएका छन् ।

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखबाट खेल्ने १९ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा आफ्नो फुटबलले सबैको ध्यान तानेका थिए । मुसियालालाई विश्वकपअघि विश्वका उत्कृष्ट युवा मिडफिल्डरमध्ये एकको रूपमा प्रचार गरिएको थियो र विश्वकपअघि बेलिङ्घम, पेड्री र गाभीसँग तुलना गरिएको थियो । तर, जर्मन मिडफिल्डमा उनले आफ्नो प्राविधिक क्षमता र सीपको साथ आफ्नो व्यक्तिगत पहिचान स्थापित गरे ।

खेल अवधिभर जर्मनीका लागि मुसियालाले आठ अवसर सिर्जना गरे । उनले गोल गर्न सकेनन् तर निकलस फुलक्रगको गोलका लागि अवसर सिर्जना गरे । जुन गोलमा जर्मनीले स्पेनलाई बराबरीमा रोकेको थियो । समूहको अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले हराएपनि गोल अन्तरमा जर्मनी पछि पर्दै विश्वकपबाट बाहिरिन पुगेको थियो ।

मुसियाला बलको प्रभावशाली ड्रिबलर हुन् र विपक्षी क्षेत्रमा त्यो किलर पास फेला पार्ने सोचको साथ जसले विपक्षीको रक्षालाई विभाजित गर्दछ । दुर्भाग्यवश उनको र जर्मनीको लागि, यो विश्वकपमा फरवार्ड लाइन प्रभावशाली थिएन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.