default_image

3 years ago

December 20, 2022

स्टेडियम ९७४ भत्काउन थालियो, नेपालले केहि नपाउने

454 views

0 Bookmark

एजेन्सी – कतारले विश्वकप आयोजनाका क्रममा राजधानी दोहामै केन्द्रित रहेर आठ अत्याधुनिक प्रविधियुक्त रंगशाला निर्माण गर्दा त्यसमा सबैभन्दा बढी मन पराइएको रंगशाला ‘स्टेडियम ९७४’ नै हो ।

कतारले ९७४ सिपिङ कन्टेनर प्रयोग गरी बनाइएको यस रंगशाला नाम नै ‘स्टेडियम ९७४’ राखिएको हो । फेरि कतारको कन्ट्री कोड पनि ९७४ हो । कतारले स्टेडियम ९७४ निर्माण गरी विश्वलाई फरक सन्देश दिएको छ ।

अस्थायी रूपमा रंगशालाको निर्माणमा कंक्रिटबाहेक अन्य सामग्रीबाट पनि बनाउन सकिन्छ भन्ने उदाहरण स्टेडियम ९७४ ले दिएको छ । विश्वकपमा चर्चा बटुलेको स्टेडियम ९७४ अब विश्वले अब देख्न पाउनेछैन । कतारले यो रंगशाला भत्काउने काम सुरु गरेको छ  ।

यसको सामाग्री कहाँ लग्ने भन्ने यकिन भइसकेको छैन । नेपालले रंगशालाको सिट लगायत सामाग्री पाउने चर्चा चलेपनि हालसम्म नेपाल सरकार, एन्फा लगायत कुनै निकायबाट प्रयास नै भएको छैन । यता उरुग्वेले भने सन् २०३० मा आफ्नो विश्वकप आयोजना गर्ने लक्ष्यका लागि रंगशाला निर्माणमा यहाँको सामाग्री प्रयोग गर्ने चर्चा छ । यसबाहेक रंगशालाको सिट अन्य हल निर्माणको लागि प्रयोग गर्ने सम्भावना पनि छ ।

कतारले स्टेडियम ९७४ अस्थायी रंगशाला भएको र प्रतियोगितापछि भत्काउने घोषणा गरेको थियो । यस रंगशालामा पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो । यस रंगशालमा समूह चरणदेखि सात खेलहरू आयोजना भयो ।

अन्तिम खेलमा ब्राजिल र दक्षिण कोरियाले प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गरे । यहाँ पोर्चुगल र घाना, फ्रान्स र डेनमार्क, ब्राजिल र स्वीट्जरल्याण्ड, पोल्याण्ड र अर्जेन्टिना तथा सर्विया र स्वीट्जरल्यान्डका खेलहरु पनि भएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.