3 years ago
December 23, 2022
एजेन्सी – तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्याली मनायो । समर्थकहरुको अत्याधिक चापका कारण विजयी र्याली मनाइरहेका अर्जेन्टिनी टोलीलाई हेलिकप्टरबाट सहर परिक्रमा गराइएको थियो । तोकिएको ८ घण्टा भन्दा कम समय र्याली चलेपनि त्यसमा केहि विषय चर्चाका केन्द्रमा रहे ।

आफ्नो टोलीले उपाधि जितेर खुशी मनाउनु स्वभाविक नै हो । तर, अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफूलाई फाइनलमा पेनाल्टीसहित ४ गोल गरेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेलाई लगातार व्यंग्य गरिरहेका छन् । उनले एमबाप्पे प्रतिको हर्कतलाई जारी नै राखेका छन् ।
कतारमा आइतबार राति भएको विश्वकपको फाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेपछि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेप्रति व्यंग्य गरेका थिए । निर्धारित समयको खेल ३–३ मा सकिँदा एमबाप्पेको ह्याट्रिक गोल खाएपनि मार्टिनेजले खेलपछि एमबाप्पेलाई ‘बच्चो’ भनेर कटाक्ष गरेका थिए ।
एम्बापपेले फाइनलअघि दक्षिण अमेरिकी फुटबल कमजोर छ भन्ने संकेत गर्दै दिएको प्रतिक्रियामा मार्टिनेज खुसी थिएनन् ।त्यसैले फाइनलपछि दक्षिण अमेरिकामा लगातार एमबाप्पेको आलोचना भइरहेको छ । अझ अर्जेन्टिनाका समर्थकले त उनको पुत्ला जलाएको भिडियो समेत सार्वजनिक भएको थियो ।
मार्टिनेजविरुद्ध एमबाप्पेले २ मिनेटको अन्तरमा दुई गोल र तेस्रो गोल थप समयमा गरेका थिए । पेनाल्टी सुटआउटसहित एमबाप्पेले मार्टिनेजविरुद्ध फाइनलमा ४ पटक बिट गरेका थिए । तर सुटआउटमा एक प्रहार बचाएपछि मार्टिनेज नायक बने । उनी प्रतियोगितामा गोल्डेन ग्लोभ जित्न सफल भए । गोल्डेन ग्लोभ लिएपछि उनले गरेको अपाच्य हर्कतको पनि आलोचना भएको छ । यद्यपि उनले फ्रान्सेली समर्थकले आफ्नो विरोध गरेका कारण उनीहरुलाई उक्त संकेत गरेको बताएका छन् ।

मार्टिनेजले एमबाप्पेको प्रतिक्रियालाई फुटबलबारे केही पनि थाहा नभएको, नजानेको र अस्ति भर्खरको बच्चो भन्दै कटाक्ष गरेका थिए । उनले खेलपछि प्रतिक्रिया दिने क्रममा एमबाप्पेलाई लक्षित गर्दै भनेका थिए– ‘केलियन एमबाप्पे ? उनी बच्चै छन् । खासमा उनलाई फुटबलबारे केही पनि थाहा छैन । के उनले आज मविरुद्ध ४ गोल गरे ? मलाई थाहा छैन । मैले त बिर्सिसकें । उनका यी गोललाई कसैले याद गर्दैनन् । याद गर्छन् त केवल हाम्रो जित र उत्सवलाई । म केटाकेटीलाई याद गरेर बस्दिनँ पनि ।’
अर्जेन्टिनाको टोली विश्वकपको ट्रफी बोकेर अर्जेन्टिना पुगेपछि सरकारले उपाधिको खुसी मनाउन मंगलबार राष्ट्रिय बिदा नै घोषणा गरिदिएको थियो । अर्जेन्टिनाको सहर, राजमार्गमा जनता विश्वकपको उपाधि सेलिब्रेसनमा व्यस्त छन् । सोही क्रममा एक तस्बिर अहिले चर्चामा छ । च्याम्पियन अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले उपविजेता बनेको फ्रान्सका प्रमुख खेलाडी एमबाप्पेको निकै मजाक उडाएका छन् ।
एमबाप्पेमाथि तल्लो स्तरमा गिरेर भद्दा मजाक गरेको भन्दै सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ । खेलपछि ड्रेसिङ रुममा एमबाप्पेविरुद्ध नारा लगाएको भिडियो पनि सामाजिक संजालमा छरपस्ट छ । अझ र्यालीमा विश्वकपको ट्रफी बोकेर शहर परिक्रममा गर्ने क्रममा मार्टिनेजले एमबाप्पेको कार्टुन बोकेको विषय अहिले चर्चामा छ । मार्टिनेजले यस्तो हर्कत गरिरहँदा कसैले पनि उनको यस्तो हर्कतलाई रोकेनन् ।

संयोग कस्तो भने एमबाप्पेले २४औं जन्मदिन फ्रान्समा परिवारसँग मनाइरहँदा उता, विजयी उत्सव मनाउने क्रममा लाखौं मानिसको भीडमा एमबाप्पेको ‘बेबी डल’मा बच्चाबच्चीले लगाउने ‘डाइपर’ लगाएको कार्टुन बोकेर व्यंग्य गरिरहेका थिए । उनको यो हर्कतलाई धेरैले खेल भावना र संस्कारकार विपरीत भनेर आलोचना गरिरहेका छन् । अर्जेन्टिनाकै मिडियाले पनि यसको आलोचना गरेका छन् ।
फ्रान्सका मिडियाले त मार्टिनेजको कडा आलोचना गरेर विजेता टिमका खेलाडीले अर्को देशको खेलाडीप्रति यो स्तरको भद्दा र मजाक गरेको भन्दै अर्जेन्टिनी खेलाडीको सेलिब्रेसनलाई ‘लाजमर्दो व्यवहार’ भनेका छन् । मार्टिनेजले विश्वकपको ट्रपी बोकेर माथि–माथि उचालेजस्तो एमबाप्पेको बच्चावाला कार्टुन माथि–माथि उचालेर लगातार त्यस्तै हर्कत गरिरहेका हुन्छन् । उनले यसो गरिरहँदा टिमका कप्तान लियोनल मेस्सी पनि मार्टिनेज छेवैमा छन् । तर, क्लब फुटबलमा सहकर्मी एमबाप्पेको त्यस्तो भद्दा तरिकाले मजाक उडाइरहँदा पनि मेस्सीले मार्टिनेजलाई त्यस्तो नगर्न भनेर रोकेनन् ।
विश्वकपको उपाधि खुसी मनाउने क्रममा खेलाडीले खेल भावना र अनुशानस कुल्चेर लाजमर्दो व्यवहार देखाएको भन्दै मिडियाले आलोचना गरेर खबर छापेका छन् । मेस्सी र एमबाप्पे पिएसजीमा सहकर्मी छन् । अर्जेन्टिनी टोलीले एमबाप्पेको यस्तो घटिया मजाक उडाएपछि त्यसको असर अब पिएसजीमा एमबाप्पे र मेस्सीको सम्बन्धमा पर्ने भन्दै विश्लेषण हुन थालेको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]