3 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग फागुनमा सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच सहमति भएको छ ।

पुस २६ गतेका लागि तय भएको ए डिभिजन लिग एन्फाले समयमा तयारी खर्च नदिएपछि क्लबहरुले निर्धारित मितिमा खेल्न नसक्ने बताएका थिए । ‘आज एन्फा र क्लबहरुका प्रतिनिधि भएको बैठकबाट फागुन १९ गतेबाट लिग सुरु गर्ने सहमति भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘ अब सबै प्रक्रिया सुरु हुन्छ । तयारी खर्च पनि ३ क्लबले लगेका छन् । अन्य क्लबले पनि अब लानेछन् ।’

तीन पटक सम्म एन्फाले मिति तोकेर तयारी खर्च दिन नसकेपछि गत महिना ९ क्लबले संयुक्त रुपमा तयारी खर्च दिएको ३ महिनापछि मात्र लिग खेल्ने ज्ञापन पत्र बुझाएका थिए । अघिल्लो साता पनि दुई पक्षबीच छलफल भएपनि निर्णय भने हुन सकेको थिएन । ‘अब लिग हुने निश्चित भएको छ,’ प्रवक्ता शाहले भने,‘ अब एन्फाले र क्लबहरुले आ आफ्नो तयारी गर्नेछन् ।’

एन्फाले हरेक क्लबलाई यो वर्षको तयारीवापत ३२ लाख ५० हजार रुपैयाँ दिने यसअघि नै निर्णय गरेको थियो । लिग अघि १५ लाख रुपैयाँ दिनेछ । गत वर्षको लिगको बाँकी ७ लाख रुपैयाँ पनि क्लबहरुले पाउन बाँकी रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]