default_image

11 months ago

January 2, 2023

मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

72 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ ।

फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको पहिलो हार हो ।

प्रेम्स्ला फ्रान्कोस्कीले पाँचौ मिनेटमा गोल गर्दै लेन्सलाई अग्रता दिलाए । पिएसजीका ह्युगो एकिटिकेले तीन मिनेटपछि नै बराबरी गोल फर्काए । २८ अ‍ौं मिनेटमा लुइस अ‍ोपेन्डाले सेको फोफानाको पासमा गोल गर्दै पुन अग्रता दिलाए ।

दोस्रो हाफको तेस्रो मिनेटमै लेन्सले अग्रता बढायो । एलेक्सिस क्लाउड मरिसले गोल गर्दै ३-१ ले अघि राखे । पिएसजीले त्यसपछि आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन । लिगको १७ अ‍ौं खेलमा पराजय भोगेपनि पिएसजी ४ अंकले अघि छ ।

स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हालेका थिए । तर उनले गोल गर्न भने सकेनन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लब फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने क्लबले जनाएको छ ।

यता नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित थिएनन् । ब्राजिलियन फरवार्डले स्ट्रासबर्गविरुद्ध पछिल्लो खेलमा रातो कार्ड पाएपछि खेल गुमाए । उनले उक्त खेलमा विपक्षीको पेनाल्टी क्षेत्रभित्र डाइभ हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाउँदै बाहिर पठाएका थिए ।

पिएसजीको १७ खेलमा ४४ अंक छ । लेन्स १७ खेलमा ४० अंक जोड्दै पछ्याइरहेको छ ।

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]

November 27, 2023

झापामाथि इलामको जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले नेपाल सुपर लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार झापा फुटबल क्लबलाई १-० ले पराजित गर्दै इलामले एनएसएलको पहिलो जित दर्ता गर्यो । यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले अमाथ एनडाको गोलमा जित हासिल गरेको हो । झापा भने पहिलो […]

Success

Thank you for your time.