default_image

3 years ago

January 2, 2023

संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

283 views

0 Bookmark

विजय नेपाली, पोखरा
उत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार साविक विजेता एपिएफ फुटबल क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा संकटाका लागि दुई विदेशी खेलाडी ओलोमो मेसुके, स्टेफन विनोङ र सहित सुरज ज्यू ठकुरीले गोल गरेका थिए । आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफमा १–१ को बराबरीमा टुंगिएको खेलमा नवयुगको गोलबाट आर्मीले अग्रता लिएको थियो । विपक्षी खेलाडीले पेनाल्टी बक्समा गरेको फाउलमा आर्मीले पेनाल्टी पाएको थियो । नवयुगले पेनाल्टीमा गोल गरेका थिए ।

३६ औं मिेटमा मेसुकेले बराबरी गोल फर्काएका थिए । दुई डिफेन्डरलाई कटाउँदै कप्तान सुनिल बलले निकालेको पासमा मेसुकेले गोल गरेका थिए । ७४ औं मिनेटमा सुरज ज्यूको गोलबाट संकटाले अग्रता लिएको थियो । सुनिलको पासमा स्टेफनको प्रहार पोलमा लागेर फर्केपछि रिबाएन्डमा सुरज ज्यूले गोल गरेका थिए । त्यसअघि आर्मीले पटक पटक अग्रता लिने मौका चुकाएको थियो ।

इन्जुरी समयमा स्टेफनले गोल गर्दै संकटाको जित पक्का गरे । काठमाडौं रेजर्सलाई नेपाल सुपर लिगको उपाधि दिलाउन उच्च प्रदर्शन गरेका मेसुके र स्टेफनले यसअघिको सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए । यस उनीहरुसहित संकटाले केहि नयाँ खेलाडी भित्राएको थियो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार मनाङ मस्र्याङ्दी क्लब र भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.