3 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसपटक आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लबले दर्ता प्रक्रिया पूरा गरेका छन् । क्लब प्रतिनिधिहरुको सहमतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा भाग लिनका लागि शुक्रबार सम्म दर्ता गरिसक्नु पर्ने समय सिमा तोकेको थियो ।

यसपटक लिग फागुन १९ गते सुरु हुने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको थियो । लिगका लागि तयारी खर्चमध्ये १५ लाख रुपैयाँ पनि अधिकांश क्लबले बुझिसकेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘ सबै १४ क्लब नै दर्ता भएका छन्,’ शाहले भने,‘ बैकिङ प्रक्रियाका कारण नेपाल पुलिस क्लबको खातामा पैसा पुग्न बाँकी छ । सम्झौता भइसकेको छ । बाँकी सबै क्लबले तयारी वापतको पहिलो किस्ता लिइसकेका छन् ।’
यसपटकको लिगमा तयारी वापत हरेक क्लबले ३२ लाख ५० हजार रुपैयाँ पाउनेछन् । तयारी खर्च मध्येका पहिलो किस्ता आफैले तोकेको समयमा एन्फा दिन असफल भएपछि पुस २६ गतेका लागि तोकिएको लिग फागुनमा सारिएको थियो । लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुनेछ । एन्फाले माघ १५ गते भित्र क्लब लाइसिनिङका लागि क्लबहरुले मापदण्ड पूरा गरिसक्नु पर्नेछ बताएको छ ।

लिगका लागि क्लबहरुले आइतबार (पुस २४ गते) बाट खेलाडी दर्ता गर्न सक्ने छन् । लिगका लागि माघको २९ गते सम्म कम्तीमा २० खेलाडी दर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ । यसपटक लिगमा नवप्रवेशीका रुपमा चर्च ब्वाइज युनाइटेड युथ क्लब र खुमलटार युवा क्लब रहेका छन् ।
सहभागी अन्य क्लबमा मछिन्द्र, त्रिुभवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, सातदोबाटो युथ क्लब, मनाङ मस्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब छन् । गत सिजनमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रेलिगसेनमा परेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]