3 years ago
January 6, 2023
पोखरा (हाम्रो खेलकुद)– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको विजेताको टुंगो शनिबार लाग्नेछ । उपाधिको छिनोफानोसँगै एक खेलाडी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

आहा रारा पोखरा गोल्डकपमा यसपटक सर्वोत्कृष्ट हुने खेलाडी टेल्जी इलोक्ट्रोनिक स्कुटर टाइगर प्राप्त गर्नेछन् । चिनिया कम्पनी टेल्जीको नेपालका लागि आधिकारिक विक्रेता टेल्जी नेपाल स्कुटरको प्रायोजन गरेको हो । टेल्जी नेपालले पछिल्लो तीन वर्षदेखि इलोक्ट्रोनिक स्कुटर विक्री गर्दैको छ ।
विक्रीका लागि अहिले दुई वटा मोडल रहेको टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले बताए । उनका अनुसार टेल्जीको इलोक्ट्रोनिक स्कुटर संयुक्त राष्ट्रसंघको इन्भारोमेन्ट पार्टनरका रुपमा रहेको छ । देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा खुसी लागेको शिल्पकारले बताए ।
‘ आहा रारा गोल्डकप देशकै प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता मध्येको एक हो । अनाथहरुलाई समेत सहारा दिएर फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ,’ शिल्पकारले भने,‘राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलगायतका खेलाडी तयार पार्ने क्लब सहारा क्लब हो । त्यसैले हामीले क्लबको प्रस्तावलाई सहर्ष स्वीकारेका हौं ।’
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा गोल्डकपको उपाधिका लागि शनिबार संकटा क्लब र भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]