default_image

3 years ago

January 6, 2023

भुटानिजलाई दुई फरवार्डको डर, संकटालाई अग्ला खेलाडीको

332 views

0 Bookmark

विजय नेपाली, पोखरा

सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टस भिड्दै छन्

पोखरा रंगशलास्थित फुटबल मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकातिर दुई क्यामरुनी फरवार्ड तमतयार अवस्थामा रहेका छन् भने अर्का तिर अग्ला अग्ला खेलाडी । संकटा दुई क्यामरुनी फरवार्डको भरमा अघि बढ्ने योजनामा रहेको छ । ३ विदेशी रहेको संकटाले पाहुना टोली भुटनिजको सामना गर्दैछ । जारी खेलमा सरसर्ति हेर्दा गोल आधारले संकटा क्लब अघि रहेको छ ।

संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ ।

भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन । फाइनल खेलमा उत्कृष्ट फरवार्ड लिएर मैदानमा उत्रिएको संकटालाई भुटानिजको बलिया डिफेन्डरको चुनौतिको सामना गर्नुपर्ने भएको छ ।

मनाङ र चर्च ब्वाइज विरुद्ध उत्कृष्ट प्रदर्शनी गर्दै टोलीलाई जिताउन सफल रहेको भुटानिज संघ हेक्टर ओर्टेगा छन् । उनलाई चिर्न पक्कै सहज हुने छैन् । हेक्टरसंगै देस्वान पेट्रोसम र डयालो इर्केज रहेका छन् । डिफेन्स लाइनमा जति बलियो छ भुटानिजको फरवार्ड लाइन त्यति कम्जोर रहेको छ ।

अघिल्ला दुई खेलमा जुन रुपमा गोलको सिर्जना गरेको थियो सोहि अनुसार प्रहार गर्नबाट भने चुकिरहेको छ । जसले फरवार्ड लाइनमा कम्जोर रहेको देखिन्छ । उता संकटाको भने फरवार्ड लाइन निकै बलियो छ । दुई क्यामरुनी फरवार्डका साथ मैदान उत्रिएको संकटाले हालसम्म सर्वाधिक गोल समेत गरेको छ । जारी प्रतियोगिताको सर्वाधि गोलकर्ताको सूचीमा संकटामात्रै हाबि छ ।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले आफुहरुलाई विपक्षि खेलाडीको उचाईले प्रभाव पार्न सक्ने बताए । उनले शारिरीक रुपमा आफुहरु कम्जोर रहेपनि मानसिक रुपमा भने बलियो रहेको बताए । ‘हरेक टिम जित्नका लागि नै आउने हो । हामीले तयारी राम्रो गरेका छौं । हामीलाई फिजिकल्ली रुपमा केहि बाधा छन्’ उनले भने,‘तर गेम फिजिकल्ली मात्रै खेलेर हुँदैन् । टेक्निकल रुपमा पनि खेल्नुपर्छ । हामी त्यसमा सक्षम छौं । जे हो फाइनल खेल निकै प्रतिस्पर्धी हुनेछ ।’

कप्तान सुनिल बलले विदेशी अनुभव लिने मौका पाएको बताए । उनले फाइनल खेल अघि भएको पत्रकार सम्मेलनमा बोल्दै आफुहरु फाइनलका लागि तयार रहेको समेत सुनाए । ‘हामीले विदेशी अनुभव लिने मौका पाएका छौं । यो खेल हामीले अनुभवका लागि खेल्ने छौं । प्रशिक्षकले भनेझैं खेल निकै प्रतिस्पर्धाको हुनेछ’ उनले भने

उता भुटानिजका प्रशिक्षक प्रदीप हुमागाईले खेलाडी मैदानमा भिजिसकेको कारण फाइनल खेल खेल्न सहज हुने बताए । उनले यस अघि राष्ट्रिय खेलाडी सम्मिलिन टिमहरुलाई हराउँदै फाइलनको यात्रा गरेको र फाइनल जित्नेमा आशावादी रहेको सुनाए । भुटानिजका कप्तान तथा गोलरक्षक पुजन थापा मगरले फाइनलका लागि आफुरु तयार रहेको सुनाए । उनले अघिल्ला खेलमा केहि दबाबले गर्दा हतोतसाहित भएपनि अब फाइनल खेलमा भने त्यसो नहुने बताए ।

‘खेलमा केहि आत्तिएको थिए । त्यसले गर्दा केहि समस्या पनि भयो तर फाइनलमा त्यसो हुने छैन् । हामी पूर्ण रुपमा तयार छौं’ उनले भने ।

जारी प्रतियोगितामा कुल २० गोल भएका छन् । जसमा सर्वाधिक गोलकर्ताको सूचीमा संकटा रहेको छ । संकटाका स्टेफन र मेस्सुकेको समान ३-३ गोल रहेको छ । यस्तै प्रतियोगिताभर कुल २८ वटा पहेंलो कार्ड देखाइएको छ भने एक मात्र रातो कार्ड देखाइएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.