default_image

3 years ago

January 7, 2023

मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

282 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३–१ को सहज जित हात पार्दै पिएसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पिएसजीको जितमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गरे । च्याटाउरोक्सका नाटानिएल एन्टोलाले एक गोल फर्काए ।

च्याटाउरोक्समा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा इटिकेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा नाटानिएल एन्टोलाले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए ।

सादोरोउविरुद्ध प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई विश्राम दिदा १६ वर्षीय वारेन जाइरे एमरी, १८ वर्षीय इस्माइल घरवीलाई मौका दिएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरीपछि ग्याल्टियरले दोस्रो हाफमा अनुभवी डिफेन्डर सर्जियो रामोस र फाबियन रुइजलाई मैदानमा पठाएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.