3 years ago
January 7, 2023
विजय नेपाली, पोखरा
आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भइरहेको प्रतिस्पर्धा अतिरिक्त समयमा गएको छ । सहिद स्मारक ए डिभिजन टोली संकटा क्लब र भुटनिज युथ एससी अमेरिकाबीच पोखरा रंगशालामा जारी फाइनलको निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि उपाधिको छिनोफानोका लागि खेल अतिरिक्त समयमा गएको हो ।

संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३४ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले सातौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । मेसुकेले ३४ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए ।
त्यसको दुई मिनेट पछि (३६ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा लगेका थिए ।
दोस्रो हाफमा दुई वर्ष अघिको विजेता संकटाले थप गोलको अवसर सृजना गरेर पनि सफल नभएपछि उपाधिको टुंगो लाग्न अझै केहि समय कुुर्नुपर्ने भएको छ । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]