default_image

3 years ago

January 7, 2023

सुनिल आहा रारा पोखरा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

329 views

0 Bookmark

विजय नेपाली, पोखरा

संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी छाडेर यहि सिजन संकटामा आबद्ध भएका सुनिलले फाइनलमा निर्णायक गोल समेत गरेका थिए ।

सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले उनलाई स्कुटरको साचो हस्तान्तरण गरेका थिए । पोखरा रंगशालामा भएको फाइनलमा भुटनिज युथ एससी अमेरिकाविरुद्ध निर्धारित समय २–२ को बराबरीमा टुंगिएपनि अतिरिक्त समयमा सुनिलको गोलमा संकटा ३–२ ले विजयी भएको थियो । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका सुनिलले थप समयको २७ औं मिनेटमा गोल गरेका थिए ।

व्यक्तिगत अवार्डमा पनि विजेता संकटाकै खेलाडीको दबदबा रह्यो । टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले विजेता, उपविजेता टोलीका खेलाडी र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । विजेता संकटाले उपाधिसहित १२ लाख र भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्यो । पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.