default_image

3 years ago

January 8, 2023

रियल म्याड्रिडकाे हार

285 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो ।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गरे र रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काए । भिल्लारियलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पाँचौं मिनेटमा जेरार्ड मोरेनोको क्रसमा फ्रान्सिस कोक्विलिनले चलाखीपूर्ण ब्याकहील पोलमा लाग्दै फर्कदा भिल्लारियल अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा यारेमी पिनोको प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले रोक्दै रियललाई खेलमा यथावत राखे । ४०औं मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरको प्रहारलाई गोलरक्षक पेपे रेइनाले बचाउँदा रियल अग्रता सलनबाट चुक्यो ।

दोस्रो हाफको शुरुमै रियलले गोल खान पुग्यो । फर्लान्ड मेन्डीको गलत पासलाई पेरेजोले मोरेनो हुँदै आएको पासलाई यारेमी पिनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाए । ४९औं मिनेटमा बेन्जेमा चुक्दा रियल पनि बराबरीबाट चुक्यो ।

५६औं मिनेटमा भिनिसियसको प्रहार जुआन फोएथको हातमा लागेको भन्दै रियलले पेनाल्टीको अपिल गर्दा रियलले भिएआरबाट पेनाल्टीको अवसर पाएको थियो । त्यसमा बेन्जेमाले ६०औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

तर, रियलको त्यो बराबरी लामो समय टिकेन । ६३औं मिनेटमा मोरेनाले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिलाए । डेभिड अलबाले बल क्लियर गर्ने क्रममा लडेको अवस्थामा हातमा लागेर बलको दिशा अवरुद्ध बनेपछि रेफ्रीले हयान्ड बल मान्दै भिल्लारियललाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा मोरेनो चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको अन्तिम मिनेटमा एर्नाउट डानजुमाले खाली पोस्टमा गाल गर्न सकेनन् । मार्काे एसेन्सियोले कर्नर प्रहार गर्दा विपक्षी गोल पोस्टमा कोर्टुवा रहँदा डानजुमाले झन्डै ४० यार्ड टाढाबाट गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो । यसका बावजुत भिल्लारियल २–१ ले विजयी हुँदा रियलले सिजनको दोस्रो हार भोग्यो । रियल यसअघि रायो भालेकानोसँग ३–२ ले पराजित भएको थियो ।

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ । भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ । रियलले जितेको भए उसले एक खेल बढी खेलेको अवस्थामा बार्सिलोनालाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने थियो । तर, रियलले त्यो राम्रो अवसर गुमाएको छ । हराउँदा बार्सिलोनालाई शीर्ष स्थानमा कायम राख्न मदत पुगेको छ ।

यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ । बार्सिलोनाले अब आफ्नो खेलमा जित निकालेमा ३ अंकको अग्रत कायम गर्नेछ । रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्काे खेलमा क्याडिजले भ्यालेन्सियालाई तथा रियल भालाडाेलिडले मलाेर्कालाई समान १–० ले पराजित गरेकाे छ । यस्तै इस्पान्योल र जिरोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.