default_image

3 years ago

January 8, 2023

युभेन्ट्सको जित, इन्टर मिलान रोकियो

281 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर डिफेन्डर डानिलोले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा महत्वपूर्ण जित निकाल्दा इन्टर मिलान भने दुई पटक अग्रता लिएर पनि बराबरीमा रोकिएको छ ।

युभेन्ट्सले घरेलु मैदानमा उडिनेसमासथ १–० को किठन जित निकालेको हो । एलिएन्ज स्टेडियममा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा डानिलोले खेलको अन्त्यतिर गोल गरेका थिए । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले एक खेल कम खेलेको एसी मिलानलाई १ अंकले पछि पारेको छ । पराजित उडिनेस २५ अंक जोडेर आठौं स्थानमा छ ।

अर्काे खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा इन्टर मिलान घरेलु टोली मोन्जासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

इन्टरका माटियो डारमिएन र लोउटारो मार्टिनेजले गोल गर्दा घरेलु टोली मोन्जाका प्याट्रिक सिउरियाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

मोन्जामा शनिबार राति भएको खेलको १०औं मिनेटमा माटियो डारमिएनलको गोलबाट इन्टरले अग्रता लिएको थियो । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको एक मिनेटपछि नै प्याट्रिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२२औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ ले अघि बढाए । जिततर्फ अग्रसर इन्टर अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डेन्जेल डमफ्रेजले आत्मघाती गोल गर्न पुगेपछि इन्टर जितबाट वञ्चित बन्यो ।

यस बराबरीसँगै इन्टर १७ खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा छ । मोन्जा १८ अंक जोडेर १४औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.