9 months ago
January 9, 2023
एजेन्सी – पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदशएन गर्न नसकेपनि टोलीका प्रशिक्षक रहेका मार्टिनेजले अर्काे ठुलो टोली सम्हाल्ने अवसर पाएका हुन् । […]
एजेन्सी – पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदशएन गर्न नसकेपनि टोलीका प्रशिक्षक रहेका मार्टिनेजले अर्काे ठुलो टोली सम्हाल्ने अवसर पाएका हुन् ।
पोर्चुगलले गत महिना फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको थियो । उनी ८ वर्ष पोर्चुगलको प्रशिक्षक रहेका थिए । सान्तोषले पोर्चुगलाई क्वाटरफाइनलसम्म पु¥याएपनि क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपनि पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो ।
आफ्नो टोलीको कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नकआउटको दुई खेलमा बेञ्चमा राखेको भन्दै उनको चर्काे आलोचना भएको थियो । प्रि–क्वाटरफाइनलमा उनको स्थानमा खेलेका गोन्कालो रामोसले स्वीट्जरल्यान्डविरुद्ध ह्याट्रिक प्रहार गर्दै उनको आलोचनालाई मत्थर गरेपनि क्वाटरफाइनलमा उनको निर्णय सफल हुन सकेन ।
मार्टिनेजले पनि आफ्नो टोली बेल्जियमले समूह चरण पार गर्न नसकेको भन्दै आफ्नो पद त्याग्दै फ्रि एजेन्ट बनेका थिए । पूर्व विगान एथलेटिक र एभर्टनका प्रशिक्षक मार्टिनेजले बेल्जियमलाई २०१८ को विश्वकपमा तेस्रो बनाएको थियो ।
यद्यपि यसपल्ट त्यही इतिहास दोहो¥याउन नसक्दा बेल्जियमको ‘स्वर्णिम पुस्ता’ भनेर चिनिएको टोलीको आलोचनासमेत शुरु भएको थियो । मार्टिनेजले बेल्जियममा ६ वर्ष प्रशियाक रहँदा ८० खेलमा ५६ जित, १३ बराबरी र ११ हारको नतिजा निकालेको थियो ।
बेल्जियमले कतारमा आफ्नो उद्घाटन खेलमा क्यानडालाई हराएको थियो तर मोरक्कोसँगको हार र क्रोएसियासँगको बराबरीमा १९९८ पछि पहिलोपटक विश्वकपको समूहबाट बाहिरिएको थियो । बेल्जियमा विश्वकप अघिसम्म दोस्रो बरियतामा रहँदा विश्वकपमा समूह चरण पार गर्न नसकेपछि चौथोमा झरेको छ ।
४९ वर्षीय मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक बनेपछि उनको मुख्य चुनौती टोलीको कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय भविष्यको बारेमा हुनेछ । विश्वकप दौरान नै म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्ध गरेका उनी अहिले साउदी अरबको अल नासरमा सामेल भएका छन् । पाँच पटक विश्वकप खेल्ने कीर्तिमान बनाएका ३७ वर्षीय रोनाल्डोले अझै सन्यास लिएका छैनन् ।
बोस्निया एन्ड हर्जेगोभिना, आइसल्याण्ड, लक्जेमवर्ग, स्लोभाकिया र लिचेस्टाइन रहेको समूह ‘जे’ मा रहेको पोर्चुगलले मार्च २३ मा घरेलु मैदानमा लिचेस्टाइनसँग खेल्दै युरो २०२४ को छनोटको यात्रा शुरु गर्नेछ ।
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]
September 23, 2023
काठमाडौं – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनलमा स्थान बनाउन अन्तिम खेलमा माल्दिभ्सलाई हराउनै पर्ने भएकोछ । शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपाललाई जित अनिवार्य बनेको हो । नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका […]