8 months ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत गोलरक्षक विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध र नविकरणलाई तीब्रता दिएको छ । मछिन्द्रले यसअघि राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत गोलरक्षक विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध र नविकरणलाई तीब्रता दिएको छ ।
मछिन्द्रले यसअघि राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर देवेन्द्र तामाङसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई नयाँ सिजनको लागि क्लबमा अनुबन्ध गरिसकेको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]