3 years ago
January 12, 2023
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्यान्टनसँग स्तब्ध हुँदै म्यानचेस्टर सिटी इएफएल अर्थात कारवाओ कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सिटी घरेलु टोली साउथह्याम्टनसँग २–० ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो । सेन्ट मेरिज स्टेडियममा सिटीलाई स्तब्ध पार्न घरेलु टोलीका सेकोउ मारा र मोउसा जनेपोले गोल गरे ।
दुवै गोल पहिलो हाफमा ६ मिनेटको अन्तरमा भएको थियो । खेलको २३औं मिनेटमा सेकोउ माराको गोलबाट साउथह्याम्टनले १–० को अग्रता लिन सफल भएको थियो । उनले लेएन्कोको पासमा गोल गर्न सफल भएका थिए ।
२८औं मिनेटमा मोउसा जनेपोले गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे । उनले रोमियो लाभियाको पासलाई सदुपयोग गरेका थिए ।
दुई गोलले पछि परेको सिटीले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि साउथह्याम्टनले आफ्नो अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो ।
सिटीले दोस्रो हाफमा गोलमेसिन एर्लिङ ब्राउट हालान्ड, केभिन डि ब्रुएना, रोड्री, नाथन एके र म्यानुएल एकान्जीलाई मैदान प्रवेश गराएपनि जित निकाल्न सकेन ।
यस्तै अर्काे खेलमा नटिङहम फरेस्टले वल्भ्सलाइै टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा नटिङहमका रेमो फ्रेउलेर, जोई वारल, मोर्गान गिब्स ह्वाइट र ज्याक कोलब्याकले गोल गरे । सोम सुरिजले गोल गर्न सकेनन् । वल्भ्सका ड्यानियल पोडेन्स, म्याथिअस नुनेज र म्याथिअस कुन्हाले गोल गरे । रुवेन नेभेस र जोई हगले गोल गर्न सकेनन् ।
त्यसअघि दि सिटी ग्राउन्ड नटिङहममा बुधबार राति भएको खेलको १८औं मिनेटमा विली बोलीको गोलबाट घरेलु टोलीले १–० को अग्रता लिएको थियो । ६४औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यसअघि म्यानचेस्टर युनाइटेड र न्यूक्यासल युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]