3 years ago
January 12, 2023
एजेन्सी – पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीम अनुबन्धित भएका छन् । चेल्सीले फेलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

चेल्सीले म्यानचेस्टर युनाइटेड र आर्सनललाई पछि पार्दै फेलिक्सलाई अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउन्ड खर्चनेछ ।
बेनोइट बादियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्री सान्तोसपछि २३ वर्षीय फेलिक्स जनवरीमा चेल्सीमा अनुबन्ध हुने चौथो खेलाडी हुन् । फेलिक्स सन् २०१९ मा बेन्फिकाबाट १२६ मिलियन युरो (१११ मिलियन पाउण्ड) को सम्झौतामा बेन्फिकाबाट एथ्लेटिकोमा सामेल भएका थिए ।
यस सिजनमा सबै प्रतियोगिताहरूमा ५ गोल र ३ असिस्ट प्रदान गरेका फेलिक्सलाई एट्लेटिकोले प्रशिक्षक डिएगो सिमिओनसँगको बिग्रदो सम्बन्धका कारण फेलिक्सलाई छाड्न अनुमति दिएको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]