default_image

2 years ago

January 13, 2023

बार्सिलोना सुपर कपको फाइनलमा

98 views

0 Bookmark

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी रियल बेटिसलाई टाइब्रेकरमा पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा बार्सिलोनाले बाजी मार्यो ।

टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो चुके ।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलको निर्धारित समयमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र अतिरिक्त समयमा अन्सु फातीले गोल गरेका थिए । रियल बेटिसका नविल फेकिर र लोरेन मोरोनले गोल गर्दै खेललाई टाइब्रेकरसम्म लम्ब्याएका थिए ।

२३औं मिनेटमा पेड्रीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा नविल फेकिरले लुइस हेनरिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

९३औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ११८औं मिनेटमा रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । आन्द्रेस गुआरडाडो ७ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले पराजित गरी फाइनलमा स्थान बनाइसकेको छ । फाइनल १५ जनवरीमा हुनेछ ।

July 16, 2024

पहिलो प्रि-सिजन खेलमा म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – २०२४/२४ फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली रोसेनबोर्ग विरुद्ध १-० ले पराजित भएको हो । सो गोल खेलको अन्तिम समयमा आएर थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलै जित दिलाए । युनाइटेडका लागि […]

July 15, 2024

रोड्रिगेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी – उपविजेता कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिना विरुद्ध फाइनलमा १-० ले पराजित भएपनि उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् । प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गर्न सफल रहे । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवात परिवर्तन भएका थिए । यस्तै […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.