3 years ago
January 13, 2023
एजेन्सी – यो सिजन खराव लयमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहमसँग हार बेहोरेको छ । वेस्ट लन्डन डर्वीको खेलमा चेल्सी घरेलु टोली फुलहमसँग २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा फुलहमको जितमा चेल्सीकै पुर्व मिडफिल्डर विलियम र भिनिसियसले गोल गरे । चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काए ।
क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलको २५औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनको पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार टिभोह चलोवाहलाई डिफ्लेक्ट हुँदै सुन्दर गोलमा परिणत भएको थियो ।
४७औं मिनेटमा कालिडोउ कोउलीवलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मासन माउन्टको फ्रिकिक रिवाउन्ड हुँदा कालिडोउ कोउलीवलीले हुलमुलमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।
५८औंं मिनेटमा चेल्सी १० खेलाडीमा समेटिन पुग्यो । यसै साता स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा चेल्सी आएका पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स आफ्नो डेब्यु खेलमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । बल खोस्नेक्रममा टिटेमाथि च्यालेन्ज गरेपछि रेफ्री डेभिड कोटले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
त्यसपछि ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे । उनले एन्ड्रिएस पेरेइराको पासलाई गोल गर्न सफल भएका थिए ।
यस जितले फुलहम १९ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १८ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा रहेको छ । लगातारको हारले चेल्सीको शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]