default_image

9 months ago

January 13, 2023

मेस्सी फिफा बेस्ट अवार्डमा मनोनित

एजेन्सी – अर्जेन्टिनाका विश्व कप विजेता कप्तान लियोनल मेस्सी २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भएको थियो । उनी फिफा विश्वकप कतार २०२२ मा सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । बोरुसिया डर्टमुन्डका इंग्लिस मिडफिल्डर जुड बेलिङहम पनि मनोनयनमा पर्न सफल भएका छन् […]

36 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका विश्व कप विजेता कप्तान लियोनल मेस्सी २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भएको थियो । उनी फिफा विश्वकप कतार २०२२ मा सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

बोरुसिया डर्टमुन्डका इंग्लिस मिडफिल्डर जुड बेलिङहम पनि मनोनयनमा पर्न सफल भएका छन् । यस्तै रियल म्याड्रिडका जोडी क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका करिम बेन्जेमा पनि मनोनयनमा पर्न सफल भएका छन् । लिभरपुलका मोहम्मद सलाहसँगै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, केभिन डे ब्रुएना र जुलियन अल्भारेज पनि मनोनयनमा परेका छन् ।

महिलातर्फ चेल्सीका साम केर र जेसी फ्लेमिङ गत वर्षको विजेता एलेक्सिया पुटेलास मनोनयनमा परेका छन् । आर्सनलका फरवार्ड मिड युरो २०२२ मा प्लेयर अफ द टुर्नामेन्ट, बालोन डी’ओरको मनोनयन र बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर जितिन् ।

उत्कृष्ट पुरुष प्रशिक्षकमा रियल मड्रिडका कार्लो एन्सेलोटी, फ्रान्सका डिडियर डेसच्याम्प्स र अर्जेन्टिनाका विश्वकप विजेता प्रशिक्षक लियोनल स्कालोनीसँगै मोरक्कोका वालिद रेग्रागुई मनोनयनमा परेका छन् ।

लिभरपुलका एलिसन बेकर, म्यानचेस्टर सिटीका इडरसन र एस्टन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपरको अवार्डमा छन् । मतदान फेब्रुअरी ३ सम्म छ । हरेक विधामा उत्कृष्ट तीन जना छनोट गरी एक महिनापछि विजेता घोषणा गरिनेछ ।

उत्कृष्ट महिला खेलाडी
एइटाना बोनमाटी (स्पेन/बार्सिलोना)
देबिन्हा (ब्राजिल/उत्तरी क्यारोलिना करेज)
जेसी फ्लेमिङ (क्यानाडा/चेल्सी)
अडा हेगरबर्ग (नर्वे/लियोन)
साम केर (अष्ट्रेलिया/चेल्सी)
बेथ मिड (इंग्ल्याण्ड/आर्सनल)
भिभियन मिडेमा (नेदरल्याण्ड्स/आर्सनल)
एलेक्स मोर्गन (यूएसए/ओर्लान्डो प्राइड/सान डिएगो वेभ)
लिना ओवेरड्रफ (जर्मनी/वल्फ्सवर्ग)
अलेक्जान्ड्रा पप (जर्मनी/वल्फ्सबर्ग)
एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना)
वेन्डी रेनार्ड (फ्रान्स/लियोन)
केइरा वाल्स (इंग्ल्याण्ड/म्यानचेस्टर सिटी/बार्सिलोना)
लेह विलियमसन (इंग्ल्याण्ड/आर्सनल)

उत्कृष्ट पुरुष खेलाडी
जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी)
जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड)
करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)
केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी)
एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी)
अचरफ हाकिमी (स्पेन/पिएसजी)
रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बायर्न म्युनिख/बार्सिलोना)
साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख)
केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)
लियोनेल मेस्सी (अर्जेन्टिना/पिएसजी)
लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड)
नेयमार (ब्राजिल/पिएसजी)
मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)

उत्कृष्ट महिला प्रशिक्षक
सोनिया बोम्पास्टर (फ्रान्स/ओलम्पिक लियोन)
एम्मा हेस (इंग्ल्याण्ड/चेल्सी)
बेभ प्रिस्टम्यान (इंग्ल्याण्ड/क्यानडा)
पिया सुन्धगे (स्वीडेन/ब्राजिल)
मार्टिना भोस–टेकलेनबर्ग (जर्मनी)
सरिना विग्म्यान (नेदरल्याण्ड्स/इंग्ल्यान्ड)

उत्कृष्ट पुरुष प्रशिक्षक
कार्लो एन्सेलोटी (इटाली/रियल म्याड्रिड)
डिडियर डेसच्याम्पस (फ्रान्स)
पेप गुआर्डीओला (स्पेन/म्यानचेस्टर सिटी)
वालिद रेग्रागुई (मोरक्को)
लियोनेल स्कालोनी (अर्जेन्टिना)

उत्कृष्ट महिला गोलकिपर
एन–क्याट्रिन बर्गर (जर्मनी/चेल्सी)
मेरी इपस (इंग्ल्याण्ड/म्यानचेस्टर युनाइटेड)
क्रिस्टियन एन्डलर (चिली/ओलम्पिक लियोन)
मेरले फ्रोहम्स (जर्मनी/फ्रान्कफुर्ट र वल्फ्सवर्ग)
एलिसा नेहर (अमेरिका/शिकागो रेड स्टार्स)
सान्ड्रा पानोस गार्सिया–भिल्लामिल (स्पेन/बार्सिलोना)

उत्कृष्ट पुरुष गोलकिपर
एलिसन बेकर (ब्राजिल/लिभरपुल)
यासिन बोनौ (मोरक्को/सेभिल्ला)
थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड)
एडरसन (ब्राजिल/म्यानचेस्टर सिटी)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टन भिल्ला)

October 2, 2023

विमल एफसी चितवनका आइकोनिक खेलाडी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]

October 1, 2023

झापा एफसी र नाडाबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु […]

October 1, 2023

नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता (दशै सकर प्रतियोगिता २०२३) सुरु भएको छ । नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । प्रतियोगिता गत सेप्टेम्बर १६ बाट सुरु भएको हो । हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम […]

Success

Thank you for your time.