3 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबीच फागुनमा मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकष्मिक बैठकले महिला राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसँगै खेल तय भएको छ ।

एन्फाका अनुसार फागुन १ देखि १३ गते सम्म मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासंघले एन्फालाई प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ । तर, नेपाल र भारतबीच कति खेल खेलिने भन्ने विषयमा जानकारी गराइएको छैन ।
एन्फाको पछिल्लो निर्णयसँगै नेपाल र भारतको महिला टोलीबीच ६ महिनामा भेट हुने भएको छ । यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा यी दुर्य टोलीको भेट भएको थियो । जसमा नेपालले भारतलाई १–० ले पराजित गरेको थियो । रश्मीकुमार घिसिङको गोलमा नेपाल विजयी भएको थियो ।
महिला राष्ट्रिय टोली अहिले मुख्य प्रशिक्षक विहिन छ । साफ च्याम्पियनसिपमा कुमार थापा महिला टोलीको मुख्य प्रशिक्षक थिए । साफमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]