3 years ago
January 14, 2023
एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ । युभेन्ट्सले घरेलु टोली नेपोलीसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो ।

नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक गोल गरे । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काए ।
स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा शुक्रबार राति भएको एकपक्षीय खेलको १४औं मिनेटमा ओसिमहेनको गोलबाट नेपोलीले अग्रता लिएको थियो । ३९औं मिनेटमा खभिचा कभारचकेलियाले भिक्टरको पासमा गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे ।
४२औं मिनेटमा डि मारियाले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । दोस्रो हाफ नेपोलीकै पक्षमा रह्यो । ५५औं मिनेटमा खभिचा कभारचकेलियाको पासमा एमिर रहमानीले गोल गर्दै नेपोलीलाई खेलमा ३–१ ले अघि बढाए ।
६५औं मिनेटमा ओसिमहेनले खभिचा कभारचकेलियाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपोलीलाई सहज जिततर्फ अघि बढाए । ७२औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै युभेन्ट्सलाई ५–१ को नमिठो हार चखाए ।
यस जितसँगै नेपोलीले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । नेपोलीको १८ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको २७ अंक छ । पराजित युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सको १८ खेलबाट ३७ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]