default_image

3 years ago

January 14, 2023

एस्टन भिल्लाले लिड्सलाई हरायो

243 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई पराजित गरेको छ । भिल्लाले घरेलु मैदानमा लिड्स युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

भिल्लाको जितमा लिओन बेइली र इमिलियानो बुइन्डियाले गोल गरे । भिल्लाका प्याट्रिक बामफोर्डले एक गोल फर्काए । भिल्ला पार्क बर्मिङहममा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा लिओन बेइलीको गोलबाट घरेलु टोली भिल्लाले सुरुवाती अग्रता लिन सफल भयो ।

उनले बोउवाकार कामराको पासमा गोल गर्न सफल भएका थिए । ६४औं मिनेटमा इमिलियानो बुइन्डियाले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे । उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

८३औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले जोई गेलहार्डको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा भिल्लाले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै भिल्ला १९ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ । पराजित लिड्स १८ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.