default_image

3 years ago

January 14, 2023

म्यानचेस्टर डर्वीमा युनाइटेडको पूनरागमन जित

230 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा युनाइटेडले म्यानचेस्टर सिटीमाथि पूनरागमन जित निकालेको छ ।

युनाइटेडले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । सिटीका ज्याक ग्रेलिसको गोल सान्त्वना बन्यो ।

ओल्ड ट्राफोर्डमा शनिबार साँझ भएको प्रतिस्पर्धातमक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

६०औं मिनेटमा परिवर्तित खेलाडी ज्याक ग्रेलिसले गोल गर्दै भ्रमणकारी टोली सिटीलाई १–० को अग्रता दिलाए । ५७औं मिनेटमा फिल फोडेनको स्थानमा मैदा छिरेका ग्रेलिसले मैदान छिरेको तेस्रो मिनेटमा नै केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको घरेलु टोली युनाइटेडले त्यसपछि सिटीलाई दवावमा राख्दै गोल गर्न सफल भयो । युनाइटेडले ५ मिनेटको अन्तरमा दुई गोल गर्दे खेलमा २–१ को अग्रता लिन सफल भयो ।

७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ब्राजिली मिडफिल्डर क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए । उनले परिवर्तित एलेहान्द्रो गर्नाचोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।

यस जितसँगै युनाइटेडले सिटीसँगको लगातार तीन खेलसम्मको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । युनाइटेडले ६ नोभेम्वर २०२१ पछि सिटीलाई हराउन सकेको थिएन ।

यस जितसँगै युनाइटेड १८ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सिटीसँग समान ३९ अंक नै रहेपनि युनाइटेड गोलअन्तरमा पछि छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । सिटीको १८ खेलबाट ३९ अंक छ । एक खेल कम खेलेको आर्सनलको ४४ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.