3 years ago
January 15, 2023
एजेन्सी – जर्मन फरवार्ड काई हाभर्टजको गोलमा लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो ।

चेल्सीको जितमा दोस्रो हाफमा काई हाभर्टजले गरेको गोल नै निर्णायक बन्यो । उनले ६४औं मिनेटमा हाकिमी जियाचको पासमा गोल गर्न सफल भएका थिए ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोली चेल्सीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि थप गोल भने गर्न सकेन ।
यस जितसँगै चेल्सी १९ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा यथावत रहेको छ । पराजित क्रिस्टल प्यालेस १८ खेलबाट २२ अंक जोडेर १२औं स्थानमा छ ।
अर्काे खेलमा न्यूक्यासल युनाइटेडले फुलहमलाई १–० ले पराजित गरेको छ । न्यूक्यासलको जितमा खेलको अन्तिम समयमा एलेक्सान्डर इसाकले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा कलुम विल्सनको पासलाई सदुपयोग गरेका थिए । त्यसअघि ७०औं मिनेटमा फुलहमका एलेक्सान्डर मित्रोभिच पेनाल्टीमा चुकेका थिए ।
यस जितसँगै न्यूक्यासल १९ खेलबाट ३८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ३८ अंक नै भएपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड गोलअन्तरमा पछि छ । पराजित फुलहम ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]