default_image

3 years ago

January 16, 2023

पिएसजीको हार

343 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो ।

पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा एड्रिएन ट्रफफर्टको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु टोली रेन्नेसलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको पिएसजीले उल्टै गोल खान पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजीले सिजनको दोस्रो हार बेहोर्न पुग्यो । पिएसजीले यसअघि २ जनवरीमा लेन्ससँग ३–१ ले पराजित भएको थियो ।

यस हारपछि पनि पिएसजी १९ खेलबाट ४७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीलाई पछ्याइरहेको लेन्सको ४४ अंक छ । पिएसजीलाई हराएको रेन्नेस ३७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.