3 years ago
January 16, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाडेपछि पहिलो उपाधि जितेको छ । आइतबार स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले लामो अन्तरालपछि उपाधि जितेको हो ।

टोलीले मेस्सीको प्रस्थानपछि उपाधि जितेको हो । सन् २०२१ मा कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना उपाधिविहिन थियो । त्यसबेला मेस्सीले प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा उपाधि जितेका थिए । मेस्सीले बार्सिलोनाबाट ३५ उपाधि जितेका थिए । बार्सिलोनाले मेस्सीबिना २३ वर्षपछि उपाधि जितेको हो ।
समग्रमा भने बार्सिलोना ३ सिजनपछि सुपर कपको च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि बार्सिलोनाले सन् २०१८–१९ को सिजनमा सेभियालाई हराएर यो उपाधि जितेको थियो । किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए ।
साउदी अरबको रियादमा आइतबार राति भएको खेलमा साविक विजेता रियललाई हराउँदै प्रशिक्षक जाभीले पनि बार्सिलोना आएपछि पहिलो उपाधि जिते । खेलको ३३औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले गाभीको पासमा गोल गर्न सफल भएका थिए ।
६८औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि रियललाई जिताउन पर्याप्त भएन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]