default_image

3 years ago

January 18, 2023

मेस्सी र रोनाल्डो २ वर्षपछि भिड्दै

350 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी विहीबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् ।

पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो । च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट खेलेपछि दुवैले क्लब परिवर्तन गरेका छन् । मेस्सी बार्सिलोना छोडेर पिएसजी आइपुगेका छन् । त्यस्तै रोनाल्डो युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड हुँदै यसै महिना मात्र अल नासरमा अनुबन्धित भएका थिए । रोनाल्डोले डेब्यु गर्न भने बाँकी छ ।

रोनाल्डोले इंग्ल्यान्डमा रहँदा पाएको दुई खेलको प्रतिबन्ध पूरा नगरेका कारण अल नासरमा डेब्युका लागि प्रतीक्षा गर्नुपरेको हो । त्यसैले साउदी आएपछि उनले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्ने भएका छन् । रोनाल्डोले पिएसजीविरुद्ध खेलमा सुरुवाती रोजाइमा खेल्ने पक्का जस्तै छ । त्यस्तै लिओनेल मेस्सी पनि पिएसजीको टोलीमा खेल्ने सम्भावना छ ।

मेस्सीले विश्वकप जितेपछि जनवरी ४ मा प्रशिक्षण गरिसकेका छन् । उनले त्यसयता पिएसजीका लागि लगातार खेल्दै आएका छन् । त्यसैले पनि मैत्रीपूर्ण खेलमा उनले सुरुव गर्ने देखिन्छ । नेयमार र एमबाप्पे पनि खेलमा सहभागी हुने देखिन्छ ।

पिएसजी र अल स्टारको खेल विहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.