default_image

3 years ago

January 18, 2023

डेब्युको पहिलो हाफमै सुआरेजको ह्याट्रिक

365 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले ब्राजिलियन क्लब ग्रेमिओका लागि डेब्यु खेलको पहिलो हाफमा नै ह्याट्रिक प्रहार गरेका छन् । ग्रेमिओले साओ लुइजलाई ४-१ ले हराउँदै रेकोपा गाउचा उपाधि जित्दा सुआरेज त्यसको नायक बने ।

उरुग्वेबाट विश्वकपमा मिश्रित प्रदर्शन गरेपछि सुआरेजले ब्राजिलियन टोलीसँग २ वर्षका लागि सम्झौता गरेका थिए । त्यसअघि उनले आफ्नो बाल्यकालको क्लब नासिओनलबाट पनि खेलेका थिए । बार्सिलोना र लिभरपुलका पूर्व फरवार्डले एटलेटिको म्याड्रिडबाट लिग उपाधि जितेपछि उरुग्वे प्रस्थान गरेका थिए ।

३५ वर्षीय फरवार्डले ३८ मिनेटमा नै ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो हाफको १४ औं मिनेटमा परिवर्तन हुँदै मैदान छाडेका थिए । ग्रेमिओले सबै गोल पहिलो हाफमा गरेको थियो । सुआरेजले आफ्नो लागि सबैभन्दा सफल डेब्यु भएको पनि बताए ।

‘मलाई लाग्छ यो सबैभन्दा ठूलो डेब्यु थियो । मैले एटलेटिकोका लागि पनि डेब्युमा गोल गरेका थिएँ,’ उनले भने ।

ग्रेमिओले यस सिजन ब्राजिलको शीर्ष डिभिजन लिग खेल्दैछ । गत सिजन टोली दोस्रो श्रेणीबाट बढुवा भएको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.