default_image

3 years ago

January 19, 2023

युनाइटेड बराबरीमा रोकियो

230 views

0 Bookmark

एजेन्सी – माचेल ओलिसेले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा बुधबार १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि युनाइटेड प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।


युनाइटेड लगातार १० औं जिततर्फ अग्रसर भएको थियो । ब्रुनो फर्नान्डेजले क्रिस्यिन इरिक्सनको पासमा ४१ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । तर, ओलिसेको उत्कृष्ट फ्रिकिकका साथ युनाइटेड अंक बाढ्न बाध्य भएको थियो ।

बराबरीपछि न्युक्यासललाई पछि पार्दै युनाइटेड तेस्रो स्थानमा उक्लेको हो । शीर्षस्थानको आर्सनलको ४७ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी र एक खेल बढी खेलेको युनाइटेडको समान ३९ अंक छ । अघिल्लो खेलमा युनाइटेडले सिटीलाई हराएको थियो ।

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता युनाइटेडले लगातार उच्च प्रदर्शन गरिरहेको छ । प्रिमियर लिगको चौथो स्थानको न्युक्यासलको ३८ अंक छ । सिटीले बिहीबार पाँचौं स्थानको टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.