3 years ago
January 19, 2023
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले स्विटजरल्यान्डका गोलरक्षक यान सोमरलाई अनुबन्ध गरेको छ । मुख्य गोलरक्षक म्यानुएल नोएर चोटका कारण बाहिर रहेपछि स्तरीय गोलरक्षकको खोजीमा रहेको बायर्नले सोमरलाई २ वर्षका लागि अनुबन्ध गरेको हो ।

बोरुसिया मोन्चेनग्लाडबाकबाट खेल्दै आएका सोमरले जर्मनीको शीर्ष डिभिजनमा २ सय ७२ खेल खेलिसकेका छन् । सन् २०१४ मा एफसी बाजेलबाट आएका उनले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएका थिए । बायर्नका मुख्य गोलरक्षक नोएरले विश्वकपपछि छुट्टि मनाउँदा खुट्टामा गम्भीर चोट बोकेका थिए ।
३४ वर्षीय गोलरक्षकले यस सिजन बायर्नविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिगको चौथो खेलमा १-१ को बराबरी हुँदा १९ बचाउ गरेका थिए । उक्त प्रदर्शन बुन्डेसलिगामा एक खेलमा गोलरक्षकले गरेको सर्वाधिक बचाउ पनि हो । बायर्नविरुद्ध उनले १८ खेल खेल्दा ८ जित, ४ बराबरी र ६ हारको नतिजा निकालेका छन् ।

समग्रमा स्विस गोलरक्षकले जर्मन क्लबका लागि ३ सय ३५ खेलमा ९० पटक क्लिन सिट राखेका छन् । यस सिजन भने लिगको १० खेलमा ३ क्लिन सिट राखेका छन् ।
जर्मन राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान समेत रहेका नोएरको स्की खेल्ने क्रममा खुट्टा भाँचिएको थियो । उनको खुट्टाको शल्यक्रिया भएपछि उनले अब यस सिजन खेल्ने सम्भावना निकै न्यून छ । उनको खुट्टाको तल्लो भाग भाँचिएर गम्भीर शल्यक्रिया गर्नुपरेको हो ।
बायर्न म्युनिखका लागि मुख्य गोलरक्षकको रुपमा खेल्दै आएका नोएरले च्याम्पियन्स लिगको मुख्य खेल गुमाउने छन् । च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्ने तालिका रहेको छ । पिएसजी र बायर्नबीच पहिलो लेग फेब्रुअरी १५ र दोस्रो लेग मार्च ९ मा हुने तालिका छ ।
यता जर्मन बुन्डेसलिगामा भने बायर्न ४ अंक अग्रतासहित शीर्षस्थानमा रहेको छ । टोलीको १५ खेलमा ३४ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]