3 years ago
January 19, 2023
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरबमा हुने रियाद सिजन टिमविरुद्ध मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ घोषणा गरेको छ ।

फरवार्ड किलीयन एमबाप्पे, लिओनेल मेस्सी र नेयमार तीनै जना पहिलो रोजाइमा रहेका छन् । मिडफिल्डर रेनाटो सान्चेस, कार्लोस सोलर र फाबियन रुइजले मिडफिल्ड सम्हाल्नेछन् । डिफेन्समा कप्तान मार्किन्हस, सर्जियो रामोस, अक्रफ हाकिमी र जुआन बर्नाट छन् । गोलरक्षकमा केलर नाभास खेल्नेछन् ।
यता रियाद टोलीका लागि कप्तान क्रिस्टियानो रोनाल्डो छन् । उनलाई आक्रमणमा ओडीओन इघालो, मौसा मारेगा र एन्डरसन टालिस्काले साथ दिनेछन् । मिडफिल्डमा मुसाब फाहद अल जुवेर र लुइज गुस्ताभो छन् । डिफेन्समा अल्भारो गोन्जालेज, मोहमद अल ब्रेक, अलि अल बोलेआही र कोनान छन् । गोलरक्षकमा अल ओवाइस रहेका छन् ।
खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।
البث المباشر للأستوديو التحليلي والمباراة على #كأس_موسم_الرياض 😍🔥#RiyadhSeasonCup https://t.co/AitZfgalSB
— موسم الرياض | Riyadh Season (@RiyadhSeason) January 19, 2023
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]