default_image

8 months ago

January 20, 2023

पिएसजीविरुद्ध रोनाल्डो बने म्यान अफ द म्याच

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिए । रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । पिएसजीले आफ्नो बलियो टोली उतार्दै लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा खेलाएको थियो । रोनाल्डोसँगै मेस्सी, नेयमार […]

22 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिए । रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पिएसजीले आफ्नो बलियो टोली उतार्दै लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा खेलाएको थियो । रोनाल्डोसँगै मेस्सी, नेयमार र एमबाप्पे ६० मिनेटमा परिवर्तन भएका थिए । पिएसजीले १० खेलाडीमा सिमित भएपनि ५-४ को जित हासिल गरेको थियो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडीको बाबजुद पिएसजीले अग्रता लिएको थियो । इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुक्दा अर्कोतर्फ रोनाल्डोले गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा राखे ।

दोस्रो हाफको सुरुवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो । तर दुई मिनेटमा नै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेल पुन: बराबरी गरे । तर बराबरी भएको दुई मिनेटपछि नै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए । स्टार खेलाडीहरु विश्राममा गएपछि मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा रियादले गोल गरेपनि खेलमा फर्कन निकै ढिलो भइसकेको थियो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिए । तर त्यसले पिएसजीलाई अग्रता लिनबाट रोक्न । कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले किलियन एमबाप्पेको पासलाई सदुपयोग गरे ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । अर्कोतर्फ केहि मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा पोर्चुगिज फरवार्ड चुकेनन् ।

खेलको ५४ औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । एमबाप्पेको कटब्याकलाई रामोसले पहिलो टचमा नै गोल गरे । ६ यार्ड बक्सभित्र अनमार्क रहेका रामोसको प्रहार गोलरक्षक अलओवाइसले बचाउन सकेनन् । तर दुई मिनेटमै रियादले बराबरी गोल फर्कायो । जाङ ह्युन सुले कर्नरमा आएको बललाई हेडरमार्फत पोस्टको दिशा दिँदै खेल ३-३ को स्थितिमा ल्याए ।

५९ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र मेस्सीको प्रहार अल बुलाहीले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई अघि बढाए । गोल खाएलगत्तै खेलको ६० औं मिनेटमा रोनाल्डोलाई परिवर्तन गरिएको थियो । पिएसजीले पनि त्यसबेला नै मेस्सी, एमबाप्पे र नेयमारलाई विश्राम दिएको थियो ।

७८ औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । इन्ज्युरी समयको अन्त्यमा एन्डरसन तालिस्काले गोल गरेपनि खेलमा पिएसजी जित हासिल गर्न सफल भयो ।

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

September 22, 2023

एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]

Success

Thank you for your time.