default_image

3 years ago

January 21, 2023

युभेन्टसको १५ अंक घटाइयो

212 views

0 Bookmark

एजेन्सी – ट्रान्सफर बजारमा खेलाडी खरिद विक्री तथा अन्य विषयसहित आर्थिक प्रतिवेदनमा सहि हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गरेको छ ।

युभेन्टसका पूर्व पदाधिकारीलाई फरक फरक प्रतिबन्ध लगाउँदा क्लबको भने लिगमा १५ अंक घटाइएको छ । महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो । तर क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ ।

युभेन्टसले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा सहि प्रक्रिया नपुर्याएको आरोप थियो । विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डे लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको बुझिएको छ ‌।

गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो । तर युभेन्टस माथि पुन: छानविन गर्दा क्लबको गल्ती‌ देखिएको महासंघले जनाएको छ । क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको छ ।

हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु छ । तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ । एग्नेलीको नेतृत्वमा युभेन्टसले लगातार ९ वर्ष लिग जितेको थियो । तर गत वर्ष भने क्लबले इटाली फुटबलमा सर्वाधिक घाटा बेहोर्नुपरेको थियो ।

यस कारवाहीसँगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानबाट दशौं स्थानमा झरेको छ । १८ खेलमा ३७ अंक जोड्दै शीर्ष दुईमा पर्न प्रयासरत क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.