default_image

3 years ago

January 23, 2023

साउदीमा रोनाल्डोको विजयी सुरुवात

254 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ क्लब अल नासरबाट विजयी सुरुवात गरेका छन् ।

आइतबार लिगमा डेब्यु गरेका रोनाल्डोले टोलीको १-० जितमा सहभागी भए । उनले खेलको ९० मिनेट मैदानमा बिताए । आक्रमणमा चलायमान देखिएका रोनाल्डोले गोल गर्न भने सकेनन् ।

अल नासरका लागि एन्डरसन टालिस्काले गोल गरेका थिए । ३१ अ‍ौं मिनेटमा हेडर मार्फत गरेको गोल निर्णायक सावित भयो । अब्दुलमाजिद सुलेहमको क्रसमा रोनाल्डोले छुन नसक्दा पछि रहेका टालिस्काले गोल गरे ।

यस जितसँगै अल नासर साउदी प्रो लिगको शीर्षस्थानमा उक्लिएको छ । नासरले १४ खेलमा ३३ अंक जोडेको छ । अल हिलालले १५ खेलमा ३२ तथा अल इतिहादले १४ खेलमा ३१ अंकसहित शीर्ष तीनमा छन् ।

अल नासरले अब विहीबार साउदी सुपर कपको सेमिफाइनलमा अल इतिहादसँग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.