default_image

8 months ago

January 23, 2023

अल नासरका प्रशिक्षकले भने – ‘सधैं रोनाल्डोलाई पास दिएर हुँदैन’

एजेन्सी – साउदी क्लब अल नासरका प्रशिक्षक रुडी गार्सियाले आफ्नो टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मात्र सधैं पास दिएर नहुने बताएका छन् । विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर पाँच पटक जितेका रोनाल्डोले साउदी प्रो लिगमा आफ्नो नयाँ क्लब अल नासरमा विजयी सुरुवात गरेका थिए । टोलीको कप्तानी गरेका रोनाल्डोले खेलमा राम्रो प्रदर्शन गरे […]

23 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरका प्रशिक्षक रुडी गार्सियाले आफ्नो टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मात्र सधैं पास दिएर नहुने बताएका छन् ।

विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर पाँच पटक जितेका रोनाल्डोले साउदी प्रो लिगमा आफ्नो नयाँ क्लब अल नासरमा विजयी सुरुवात गरेका थिए । टोलीको कप्तानी गरेका रोनाल्डोले खेलमा राम्रो प्रदर्शन गरे । एन्डरसन टालिस्काको गोलमा अल एतिफाकलाई १-० ले हराउँदै टोली शीर्षस्थानमा उक्लिएको थियो ।

खेलपछि बोल्दै प्रशिक्षक रुडी गार्सियाले अन्य खेलाडीले रोनाल्डोलाई बढी नै पास दिएको बताए । ‘खेलाडीले आफ्नो सामान्य खेल प्रस्तुत गर्न आवश्यक छ । सधैं रोनाल्डोलाई मात्र बल दिने प्रयास गर्नु भएन । मैले उनीहरुलाई मैदानमा सहि निर्णय लिन भनेको छु,’ गार्सियाले भने ।

‘पक्कैपनि रोनाल्डो र टालिस्का एक्लै हुँदा र बल माग्दाको अवस्थामा त्यो विकल्प लिने हो । उनीहरु खेलको स्थिति बदल्न सक्छन् । तर मलाई लाग्छ आज क्रस गर्न सहि समय हुँदा पनि बक्सभित्र खेलाडी थिएनन् । रोनाल्डो र टालिस्का दुवै बाहिर रहेको अवस्था पनि थियो । त्यसमा हामीले काम गर्नुपर्ने हुन्छ ।’

रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग राम्रो सम्बन्ध नहुँदा विश्वकप दौरान आपसी समझदारीमा सम्झौता रद्द गर्दै फ्री एजेन्ट बनेका थिए । विश्वकपपछि उनले साउदी क्लबको प्रस्ताव स्वीकारेका थिए । प्रशिक्षक गार्सियाले रोनाल्डोलाई नयाँ वातावरणमा भिज्न समय नलागेको बताए ।

‘सबैले क्रिस्टियानोलाई चिनेका छन् । उनी पाँच पटकका ब्यालोन डी’ओर विजेता हुन् । उनी फुटबल इतिहासकै उत्कृष्ट मध्यका खेलाडी हुन् । अब उनलाई उच्च स्तरमा राख्ने हाम्रो जिम्मेवारी हो । म उनलाई फुटबल खेल्दा रमेको हेर्न चाहन्छु र आज पहिलो दिन उनी खुसी थिए ।’

September 24, 2023

न्युक्यासलको ८ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]

September 24, 2023

बायर्नको जितमा केनको ह्याट्रिक

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]

September 24, 2023

म्यानचेस्टर सिटीको छैटौं जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]

Success

Thank you for your time.